मनमा पीर बारीमा झार कती छ कती छ
हे भगवान तेरो अवतार कती छ कती छ।
विडम्बना यो भित्ताको कुनै समाचार छैन
भित्ताको टिभीमा समाचार कती छ कती छ।
~ दीर्घराज प्रियशी ~
Dirgharaj Priyashi