बिर्सना बस्नेत

पाईएन जागीर उ भन्दै थियो 

जिउनका खातिर उ भन्दै थियो 


यो देशमा मेरो भबिश्य छैन 

भएर गम्भीर उ भन्दै थियो 


शहिद हुनु त ब्यर्थै भो बाबा 

छोएर तस्बिर उ भन्दै थियो 


लेखेर के पाउनु भो प्रश्न सोधियो 

माला र अबिर उ भन्दै थियो 


~ बिर्सना बस्नेत ~

Birsana Basnet


बिर्सना बस्नेत

गजल सन्ध्या पोखरा