अम्बिका कार्की "अमु"

हुनत त्यो रातको झन् धेरै कहानी हुन्छ ।

झिसमिसे हुनासाथ त्यो सबै खरानी हुन्छ ।


जब आँखा खुल्ला लिएर एकान्तमा पुग्छु

मुटुमा उनको यादको आफ्नै मनोमानी हुन्छ ।


पीडाले पटक पटक नछोडेपछि लागेको हो

चोटको पनि प्रायः प्रेम गर्ने बानी हुन्छ ।


उनको यादमा यसरी यसकारण जलेकी हुँ

सपना सँगै वाचा कसमहरू सिरानी हुन्छ ।


पुरानो घाउ बल्झेर दुखिरहँदा अम्बिकालाई

छाती भित्र उनको तस्वीर नयनमा पानी हुन्छ।


~ अम्बिका कार्की "अमु"~

Ambika Karki "Amu"


अम्बिका पोख्रेल

सर्लाही, हाल चितवन