संजित श्रेष्ठ

जब कसैको प्राथमिकता रहर पर्यो
यता उस्को जिम्मेवारीमा घर पर्यो

कहिले सोचेको थिएन होला उस्ले
साच्चै जे उस्को जिबनमा भर्खर पर्यो

रोजिपाउनेले गैरिखेत रोज्यो अंशमा
यस्तै भयो उस्को भागमा बगर पर्यो

सबैकालागी सजिलो बनिरह्यो जिवनभर
हेर्नुस् आज उसैको जिवनमा असर पर्यो

उन्नतिमा सबैको नजर थियो उसमा
आज दुखमा कहाँ दैवको नजर पर्यो

~ संजित श्रेष्ठ ~
Sanjeet Shrestha
 

संजित श्रेष्ठ

थाहा नगरपालिका २, मकवानपुर

पेशा: लेक्चरर, हेटौडा स्कुल अफ म्यानेजमेन्ट

फोन: 9845147240, 057524710

ईमेल: sanjeet@hsmonline.edu.np

संग्लनता:

अध्यक्ष, गजल मञ्च मकवानपुर