यी दिनहरु काला पटक्कै मन पर्दैन
पछाडी बाट भाला पटक्कै मन पर्दैन
त्यो इश्वर सँग त्यसै लडेको होइन म
मन्दिरमा नै बधशाला पटक्कै मन पर्दैन
कहिले काहिँ अलिक धेरै पिउने गर्छु त्यसैले
सडक छेउमै नाला पटक्कै मन पर्दैन
यो बजार भाउ शायद महंगीएर हो की ?
ति स्याउ जस्ता गाला पटक्कै मन पर्दैन
~ उदीप राज ढुंगाना ~
Udip Raj Dhungana
उदीप राज ढुंगाना
पोखरा