पारू अर्याल

काेदालाे हातमा छ राेपाई गर्ने रहर रैछ
राेपाई गर्दा सुन्दरीतिर सबैकाे नजर रैछ

जिउडाल खाइलाग्दाे अङ्ग खुबै मिलेकाे
बिजुलीझैँ चम्किने दाँत राताे अधर रैछ

हेर्नेकाे भीड लागेकाे छ के हेर्ने हाेलान्
हेर्नेहरूमाथि तिम्राे नछुट्ने असर रैछ

शहरमा बस्छन् रे यस्ता यी सुन्दरीहरू
देख्नेहरूका बिचमा खै किन गदर रैछ

दुखीले केही भेट्दैनन् दु:ख हुन्छ सधैँ
त्यस्तालाई बस्ने केवल नदी बगर रैछ।।

~ पारू अर्याल नेपाल ~
Paru Aryal Nepal




पारू अर्याल नेपाल

भरतपुर, चितवन