रामलाल कुमाल

किन बाँचेर पनि लाग्दैन, बाँचेको जस्तो
काललाई मात्र जिन्दगी, साँचेको जस्तो

तिमीले हाउभाउ लगाउँदै, रंगमञ्च ततायौ
यस्तो लाग्यो मेरै पीडामा, नाचेको जस्तो

बैसाखी पठाई प्रियसीले पनि उपहारमा
त्यही दिन लाग्यो तन-मन भाँचेको जस्तो

द्रव्यको अभावले बोकेर अस्पताल पुर्याए
गर्न त गर्यो डाक्टरले पनि, जाँचेको जस्तो

अग्लो भेटिएको थिएन, जतिबेलासम्म
खुसीनै थिएँ भए पनि कद, ग्वाँचेको जस्तो


~ रामलाल कुमाल ~
Ramlal Kumal 



रामलाल कुमाल

कालिका -७ 

चितवन