घमराज लुइँटेल

सागर थियो कुलो बनी सुकेको छ देश 

नेपाली कै मुटु भित्र दुखेको छ देश 


ढुङ्गो-माटो देखाउँदै नेपाल भन्छन् कोही 

यथार्थमा लजाएर लुकेको छ देश 


गाँस-वास, कपास छैन, रक्षा पनि छैन 

लोकतन्त्रका फोस्रा भाषण भुकेको छ देश


~ घमराज लुइँटेल ~

Ghamraj Luintel