साथी फेरूँ पनि भनिहाल्न सकिन्न
साथी आफ्नो सोचजस्तो कहाँ मिल्ला र !
छानीछानी रूपगुण चाल्न सकिन्न
चारैतिर चाहारेर राम्रो खोजे नि
धपक्कै छ रूप र बोल्न सकिन्न
ऐनाले नि देखाउँछ नमिलेको रूप
नमिल्नेती अङ्ग झिकी फाल्न सकिन्न
औंठी हार फेरी फेरी लाउन मिले झैँ
मानिसलाई सुनजस्तो गाल्न सकिन्न
~ भक्ति प्रसाद पौडेल ~
औंठी हार फेरी फेरी लाउन मिले झैँ
मानिसलाई सुनजस्तो गाल्न सकिन्न
~ भक्ति प्रसाद पौडेल ~
Bhakti Prasad Paudel