प्रेममा कहाँ छ जात गजब छ मान्छे
पानीको फोकाझैँ लाग्छ बाँकी जिन्दगी
कहीँ छ घात-प्रतिघात गजब छ मान्छे
देखाएर पिउँदैनन् कम्मल ओढेर
पिउनेकै ठूलो जमात गजब छ मान्छे
टुकी बाली हेरेको त अचम्मै लाग्यो
आँसु-आँसुको वर्षात् गजब छ मान्छे
लडेको छ उठेको छ कठै यो 'किसान'
गरिबको को हुने साथ गजब छ मान्छे ।
~ किसान प्रेमी ~
Kisan premi
नाम : किसानप्रेमी ठेगाना : भरतपुर १२, चितवन शिक्षा : आई.ए. पेसा : निवृत्त निजामति कर्मचारी प्रकाशित कृति : १) गाँउ बस्ती रोइरहेको छ (कविता, २०५९) २) गजल पथका यात्रीहरू (संयुक्त गजल, २०६१) ३) गजल बिम्ब (संयुक्त गजल, २०६२) ४) गजब छ मान्छे (गजल, २०६३) ५) चेतना खण्डकाव्य (२०६९) ६) झुपडीको व्यथा (लघुकथा, २०८१) |