दीप मिलन

गरूँ ज्यान अर्पण कदरमा हजुरको 

म छाती बिछ्याउँ सफरमा हजुरको


छरें जलको सागर नजरमा हजुरको 

कृपा होस् न थोरै बगरमा हजुरको 


भलै जिन्दगीको यहि होस् समाधि 

म जिउने रहरमा छु भरमा हजुरको 


~ दीप मिलन ~

Deep Milan  


दीप मिलन

रुपन्देही

हाल: कतार

गजल इन्द्रेणी (संयुक्त)

दीपका गजलहरु

दीपको सलेदो