टिपौं र फूल आज के? झरेर गै सकेपछि
कथा सरी छ सम्झना, किनारमै सुसाउने,
सुनाउँ के तिमी नदी, तरेर गै सकेपछि
गर्यौ कुरा हरेक दिन, रहेछ सम्झनै ठुलो,
अनर्थ भो नि नाटकै, गरेर गै सकेपछि
बुझाउनू बुझेर जाे, दिमागमा सजाउँछ,
गराैं र याद इज्जतै, छरेर गै सकेपछि
न सम्झनै न विर्सनै, छ "राज" नै कहाँ अब,
बुझेर आँसु नैनमा भरेर गै सकेपछि
(बहर: 1212 1212 / 1212 1212)
~ जीवराज बुढाथोकी ~
Jeeva Raj Budhathoki
~ जीवराज बुढाथोकी ~
Jeeva Raj Budhathoki
जीवराज बुढाथोकी
सल्यान
हाल: काठमाडौ