अमर त्यागी


सुनाउछ समयले आतङ्कको राग सधै

लुटिदैछन् फूलहरू रक्ताम्मे छ बाघ सधै


रेटिदैछ प्रतिदिन चेतनाको घाँटी यहाँ 

लागेको छ चरित्रमा कलुषित दाग सधै


बेचिदैछ स्वाभिमान आज खुला बजारमा

खोसिँदैछ यो धर्तीमा निमुखाको माग सधै


मिचिदैछ इमान र सद्भावको साधसीमार्

गर्छन् सबै आफ्नै सुख-सुविधाको माग सधै


~ अमर त्यागी ~

Amar Tyagee




अमर त्यागी

हाल: अमेरिका 

बाँसुरीमा आँसुको गीत (२०५७)