मनु मन्जिल

आँधीको माझ उ उभेको दिन 

तिम्रो प्रेमको अर्थ बुझेको दिन 


तिमीले मसित उज्यालो माग्यौ 

बिहानै घाम डुबेको दिन 


भमरा हरायो बगैँचामा 

फूलको अधर चुमेको दिन 


रूप हेर्ने बहानामा तिमी आइछौ 

मेरो घरको ऐना फुटेको दिन 

 

~ मनु मन्जिल ~

Manu Manjil

टङ्कबहादुर खुलाल

मनु मन्जिल