लगाई लेप चन्दनको व्यथा शीतल कहाँ हुन्छ
भरेछौ भक्ति मन्दिरमा गरेछौ प्रार्थना धेरै
गरी श्रद्धा पुजी ढुङ्गा त्यसै हलचल कहाँ हुन्छ
नदी झैँ जिन्दगी बग्दा किनारा लाग्दछन् साथी
रमानाले कथी जीवन स्वयम् कलकल कहाँ हुन्छ
रचेछन् जाल आफ्नाले दिएछन् यातना धेरै
सबै आफन्त हुन् भन्ने यहाँ पागल कहाँ हुन्छ
म बाँचेको छु पीडाले सुखी भै दुःखको बेला
हरायो तिर्सना मनको भने खलबल कहाँ हुन्छ'
~ मधुसूदन पराजुली "मानव" ~
Madhusudan Parajuli Manab
बहर- हजज मुसम्मन सालिम
नाम: मधुसूदन पराजुली "मानव" ठेगाना: मण्डन देउपूर १२, ज्याम्दी काभ्रे |