कसैलाई डढेलो नै दियो जस्तो लाग्छ
यस्तो दियो घर भित्रै थियो जस्तो लाग्छ
थाप्लो माथि तेर्सिएको तरबार पनि
कसैलाई भने सानो सियो जस्तो लाग्छ
उज्यालो त भयो तर देखिंदैन बाटो
अन्धाहरुले नै गर्या चियो जस्तो लाग्छ
जिन्दगिको जुवा खेल्न जान्दै जानिएन
नजान्नेले खेल्या डण्डी बियो जस्तो लाग्छ
~ मनु ब्राजाकी ~
Manu Brajaki
चेतमान सिंह भण्डारी Chetman Singh Bhandari (1942-2018) |