एक साँझ जिन्दगिले, म सँग हिसाब माग्यो
अन्याय भो मलाई भन्दै, म सँग निसाफ माग्यो
कति नाफा भो, कति घाटा भो
जिन्दगीले म सँग, साँवा ब्याज माग्यो
कति आँशु पिएँ, कति हासो पिएँ
जिन्दगी ले म सँग, रातो किताब माग्यो
~ दुबशु क्षेत्री ~
Dubasu chhetri
डा. दुबशु क्षेत्री समकालीन नेपाली गजल (२०५०) |