रक्सी र मायालुको मात उस्तै उस्तै
मायालु र रक्सीको जात उस्तै उस्तै
आँखा भरि आँसु अनि छाती भरि चोट
दुखाई र वेदनाको खात उस्तै उस्तै
आफ्नै घर आँगनमा युद्ध चर्केपछि
कालो दिन र अँधेरी रात उस्तैउस्तै
हाँगा हाँगा बाट भुईंमा जब खस्न थाल्छ
झरेको फूल र पहेँलो पात उस्तैउस्तै
~ दिव्य गिरी ~
Dibya Giri
दिब्य गिरि सागर लहर किनार (२०५४) टीकाथली, ललितपुर |