टीकाराम उदासी

रात गए झैं लाग्थ्यो रात छ बाँकी
उही सिमान्त पिडाको बरसात छ बाँकी

उदास उदास छन् सपनाका जुनतारा
शायद आउन खुशीको प्रभाब छ बाँकी

सोच्दैछु कसरि बदलिन्छ समय
जहाँ तही नै पुरानो जमात छ बाँकी

 

~ टीकाराम उदासी ~

Tikaram Udasi 

डा. टीकाराम उदासी

गजल सिद्दान्त र नेपाली गजलका ईतिहाँस (२०५९)