शिल्प झल्कियोस् चोटमा बुट्टा झैं देखियोस् घाउ
हेर्नेले भनुन् ढुङ्गा रहेनौ तिमी अबदेखि मुस्कुराऊ
जाँचेकै छु छन त काँडा, धर्म सम्झी आइदिनसक्छ
तिमीले रोजेको बाटोमा फूल पनि नकुल्चिँदै जाऊ
रहिरहन्छ बनाउनेको नाउँ उस्तै राखिराखे यी घाउ
तिम्रो सङ्कोच तिम्रो ठाउँ तिमी मलाई सम्झेर आऊ
कसैले सदा सम्झिराख्ने केही भएको छैन संसारमा
तिमीले बिर्से केही छैन मैले बिर्सिए चित्त नदुखाऊ
~ राजन कार्की ~
Rajan Karki