केहि न केहि त जलाउनु पर्छ
सोचिरहन्छु सधैं मन्दिर जाऊॅ
फेरि फर्केर यतै आउनु पर्छ
न्यायको जीत हुन्न स्वीकार गरें
यो बिचारमा त न्याय पाउनु पर्छ
यो घरका मान्छे जागेनन् अझै
यसै पनि उसै पनि जलाउनु पर्छ
अन्त उधारो राखेर भट्टीको तिर्दे
दिनेश सधैं जाने बाटो बचाउनु पर्छ
~ दिनेश राज ज्ञवाली ~
Dinesh Raj Gyawali
हाल: जापान