सरुभक्त

फेरि यौटा महाभारत चलेजस्तो लाग्छ 

समयले आफैंलाई छलेजस्तो लाग्छ 


घाम जून यामहरु उही भए पनि 

अन्तरमा आस्था एक गलेजस्तो लाग्छ 


देवताले बास बस्ने स्वर्ग घर्ती माथि 

विश्वासको गजुर नै ढलेजस्तो लाग्छ 


सबै तिर घृणा अनि स्वार्थ मात्र देख्दा 

मान्छे भित्र बिष बृक्ष फलेजस्तो लाग्छ 


इतिहास महान'थ्यो के भो वर्तमान

देशभित्र ढुंगा माटो बलेजस्तो लाग्छ  


~ सरुभक्त ~

Saru Bhakta


नाम: भक्तबहादुर श्रेष्ठ 

पोखरा  

प्रमुख प्रकाशित कृति:

*साइबर क्याफेमा एक दिन (गजल संग्रह)(वि.सं. २०६४)

*पागलबस्ती उपन्यास (उपन्यास, वि.सं. २०४८)

*तरूनी खेती उपन्यास (उपन्यास, वि.सं. २०५३)

चर्चित साहित्यकार सरुभक्तले उपन्यास, कथा, नाटक, कविता, मुक्तक, गीतको अलावा केही गजल पनि लेख्नु भएको छ। उहाँको एउटा गजल संग्रह पनि प्रकाशित छ।