रौनक बाहिरिएको छ अनुहारमा चमक मरेको छ
सिर्जनाहरुको गर्धन च्यापिएर सर्जक मरेको छ
ज्यानले थिचीएर आज सम्म को को मरे थाहा छैन
यहाँ किताबहरुले थिचिएर कलिलो बालक मरेको छ
उ मरेको भए बरु एक पटक मात्रै मर्थ्यो होला
बाँचेर मर्छु कि भन्ने डरले पटक पटक मरेको छ
~ झलक ओली ~
Jhalak Oli