किन गर्छ्यौ पिर बेकार एक पटक मुस्कुराएर त हेर
कति खुल्छ तिम्रो मुहार एक पटक मुस्कुराएर त हेर!
साँच्चै तिम्रो त्यो मुस्कुराहटले घायल बनाउदा मलाई
भुली दिन्छु सारा संसार एक पटक मुस्कुराएर त हेर!
तिमी मुस्कुराउदा गालाको डिम्पल र ओठहरू लाग्छ
साँच्चै प्रकृतिको उपहार एक पटक मुस्कुराएर त हेर!
हाम्रो वरिपरिका ससाना कुरामा मुस्कुराउदै जाँदा
मिल्नेछ जिउने आधार एक पटक मुस्कुराएर त हेर!
कहिलेकाहीँ त आउछ मुस्कुराहटले दिने खुसीहरू
आउँदैन यस्तो बारबार एक पटक मुस्कुराएर त हेर!
~ अमर कार्की ~
Amar Karki
डा. अमर बहादुर कार्की ललितपुर हाल: फ्लोरिडा, अमेरिका |
मैले बुझेँको छु मेरो जिबनको सार हौ तिमी
मैले मानिसकेँ मेरो त बाँच्ने आधार हौ तिमी!
अचम्म लाग्छ बिना संबाद मेरो कुरा बुझ्छ्यौ
त्यसैले भन्छु मेरो मनभित्रको संचार हौ तिमी!
तिमीलाई देख्दा तरङ्ग उठ्छ यो तन मनमा
म सङ्गित अनि मेरो मनको झंकार हौ तिमी!
आफ्नो मनको पिडा लुकाएर हाँस्न सक्छ्यौ
साँच्चै नै एउटा अब्बल कलाकार हौ तिमी!
तिम्रो आँखामा डुब्न सक्छु र केशमा हराउन
मेरो नजरमा मैले जिउने पुरै संसार हौ तिमी!
~ अमर कार्की ~
Amar Karki