फुच्ची जमुना

"मधु" ले झै वायुपंखी घोडा चडाएर एकदिन

मलाई लैजानेछ "मालति" बनाएर एकदिन


चुरा,पोते,गुन्यु,चोली सँगै जन्ती लिएर आउछ

खाली सिउँदो आफ्नै हातले भराएर एकदिन


पक्का ल्याउनेछ रातो घुम्टो मेरो लाज छोपिदिन

हेर्नु, म अन्मिनेछु नौमती बजाएर एकदिन


~ फुच्ची जमुना ~

Fuchchi Jamuna


जमुना न्यौपाने

चितवन

हाल: क्यानाडा

धमिलिएका डोबहरु-२०७०(संयुक्त गजल संग्रह)