लोकलय/ अन्य

* लोकलयमा गजललेखन  (सारांश)  - घनेन्द्र ओझाः

 नेपाली साहित्यमा धेरै मात्रामा प्रयोग हुने लोकलय मूलतः दुईओटा छन्: झ्याउरे र सवाइ ।

 

१) झ्याउरे लय (3+2/3+2/3+3=16 मात्रा ) 

- नेपाली गजलकारले धेरै मात्रामा गजल लेखेका

- शास्त्रीय छन्दमा जस्तो अक्षर सङ्ख्या रह्रस्व/दिर्घको कडा नियम यसमा हुँदैन

अक्षर सङ्ख्याकोआधारमा नभएर उच्चार्य वर्णमाे सङ्ख्याको आधारमा मात्रा गनिने

  

हिमाली, हावा/ बग्दै छ, किन/ नौलो त्यो, मातमा

किन हो, कुन्नि/ रुँदै छ, कोही/ जुनेली, रातमा 

- ललिजन रावल

 

२) सवाई (4/4/4/2= 14 मात्रा)

-झ्याउरेपछि अत्यधिक प्रयोग हुने लोकलय सवाई हो | ः


तिमीलाई/जिताउन/हार्न मन/लाग्यो

आफूलाई/अन्त कतै/र्सार्न मन/लाग्यो ।

- मनु ब्राजाकी



* स्वनिर्मित लय ः

- गजलकारले स्वनिर्मित नै भए पनि कुनै लयको सिर्जना गरेर गजललयबद्ध बनाउन सक्छ |

- स्वनिर्मित लय पनि दुईप्रकारले निर्माण हुन्छ: सममात्रिक र आक्षरिक।

 

** उच्चार्य सममात्रिक लय ः

-सवाई वा झ्याउरेलयमा झैँ उच्चारणको आधारमा वर्णमाङ्ख्या निर्धारण हुने हुँदायसलाई आक्षरिक नभएर सममात्रिक (समान मात्रा हुने) लयभनिएको हो | 

-उच्चार्य सममात्रिक लय आक्षरिक लयभन्दा राम्रो मानिन्छ

-यस लयमा लेख्नेहरूले ६ मात्रादेखि १८ मात्रासम्मका गजललेखेका पाइन्छ । भने सामान्यतया १२, १४ र १६ मात्रामा लेख्नु राम्रो मानिन्छ ।

- नेपाली गजलको पुनर्जागरणयताका धेरैजसोगजलकारले यही सममात्रिक लयमा गजल लेख्दै आएका छन् |


-- १६ मात्राको उच्चार्य सममात्रिक लय 

माया भन्ने त्रि्रो नासो जब मैले मासिदिएँ

एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ ।

- मनु ब्राजाकी  (4/4/4/4)

 

-- १४मात्राको उच्चार्य सममात्रिक लय 

(१६ मात्राको लयपछि नेपाली गजलमा अत्यधिक प्रयोग हुने लय १४ मात्राको लय हो | सवाई जस्तै भएपनि यो लयमा सवाईमा भन्दा थोरै लचकता हुन्छ । सबाईमा  ४/४/४/२ मात्रा हुनु पर्छ भने यसमा जसरि भए नि  समग्रमा १४ मात्रा हुनु पर्छ ।)

 

भत्केको छ/मेरो मनको/आकाश/आजभोलि

देखिँदैन/मनमा कतै/प्रकाश/आजभोलि ।

- दीपसागर पन्त 'प्यासी' (4/4/2/4)

 

-- बिजोर मात्रामा लयबद्ध गजललेखन

-बिजोर मात्रामा जस्तो: ९, ११, १३ र १५ मात्रामा पनि लयबद्ध गजल लेख्न सकिन्छ ।

-बिजोरमात्रामा गजल लेख्दा बिजोर मात्राको शब्दलाई अन्त्यमा राख्नु राम्रोहुन्छ । यदि बीचमा बिजोर मात्राको अक्षर राखिन्छ भने तलका हरेकमिसरामा बिजोर मात्रा भएको स्थानमा बिजोर मात्राकै शब्द राख्नु पर्दछ । 


बेहोसीमै ढलिरहेँ तिम्रो गल्लीमा

जिन्दगी नै छलिरहेँ तिम्रो गल्लीमा । 

- बुद्धिसागर चपाइँ (१३ मात्रामा लेखिएको गजल)

 

** आक्षरिक लय


- अक्षर सङ्ख्यालाई आधार मानेर पनि लयबद्ध गजल लेख्न सकिन्छ। प्राय ६ अक्षर देखि २० अक्षर सम्मका गजल लेखिएको पाइन्छ ।

- आक्षरिक लयमा अक्षर सङ्ख्यालाई आधार मान्दा पूर्ण अक्षरको प्रयोग गर्नु राम्रो हुन्छ ।

- हलन्त लागेका वा जोडिएर आएका अक्षरको प्रयोगले यस्तो लयमा अवरोध सिर्जना गर्ने सम्भावना प्रबल हुन्छ । 


हिजो थियो जो उही रात नै छ

अल्छी गर्‍यो कि कहीँ घामले नै । 

- बूँद राना (११ अक्षरको आक्षरिक लय)

 

बिर्सन त खोज्दछु सम्झना झन् आउँछ

जहाँजहाँ तिमी छौ त्यतै मन धाउँछ । 

- माधव खतिवडा (१४ अक्षरको आक्षरिक लय)


बहर