बहर परिचय

घनेन्द्र ओझा - GHANENDRA  OJHA (सारांश)

बहर परिचय

उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो । पिङ्गल छन्दमा गण र मात्राकोआधारमा छन्दको निर्माण भएजस्तै फारसीमा रुक्न र अर्कानको मेलबाट बहरको निर्माण हुन्छ ।

उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्नेबारेमा विद्वानहरूबीचएकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँचदर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू-फारसीमा बहरमा गजललेखन परम्परा हिजो र आज पनि कायम छ ।

रुक्न

रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । अथवा पिङ्गल छन्दमा गण भनेजस्तै बहरमा गणलाई रुक्न भनिन्छ । पिङ्गल छन्दमा यमाताराजभानस गरी आठओटा गण भएजस्तैबहरमा पनि विभिन्न गणहरू छन्, तिनलाई रुक्न भनिन्छ । फारसीमाप्रयोग हुने रुक्नहरू यसप्रकार छन्:- 


१) फा, फिइ्​२

२) फअल्​१२

३) फिइ्लुन्, फेलुन्​२२

४) फाइलुन्​२१२

५) मफ्ऊल​२२१

६) फऊलुन्​१२२

७) फाइलातुन्​२१२२

८) मफाईलुन्​१२२२

९) फिइलातुन्​११२२

१०) मुफाइलुन्​१२१२

११) मुफाईल​१२२१

१२) फाइलात​२१२१

१३) मुस्तफ्इलुन्​​२२१२

१४) फिइलात​११२१

१५) मुफ्तइलुन्​२११२

१६) मुतुफाइलुन्​​११२१२

१७) मुफ्तइलातुन्​​२११२२

१८) मुफाइलतुन्​​१२११२

१९) मुतुफाइलतुन्​११२११२

२०) मुफाइलातुन्​​१२१२२


प्रस्तुत रुक्नहरूमा (१) ले ह्रस्वलाई सङ्केत गर्दछ भने (२) लेदीर्घलाई सङ्केत गर्दछ । यिनै रुक्नहरूको बारम्बारता हुँदा या यिनै रुक्नहरू दोहोरिँदा बहरकोनिर्माण हुन्छ । यी रुक्नहरू नै बहर निर्माण गर्ने आवश्यक घटकहरूहुन् ।


पिङ्गल छन्दमा जम्मा आठओटा मात्र गणहरू रहेका भए पनि फारसीमा भने यस्तो देखिँदैन । फारसीमा मूल रुक्न आठओटै छन् तर मूल रुक्नको तोडमोड बाट अन्य मिश्रति रुक्नहरू पनि निर्माण भएको पाइन्छ ।


उल्लिखित रुक्नहरूमध्ये फऊलुन् (१२२), फाइलुन् (२१२), मफाईलुन्(१२२२), फाइलातुन् (२१२२), मुस्तफ्इलुन् (२२१२), मुतफाइलुन्(११२१२), मुफाइलतुन् (१२११२) र मफ्ऊलातु (२२२१) मूल रुक्न हुन्।


अर्कान

एकभन्दा बढी रुक्नहरू मिल्दा अर्कान बन्छ ।

 

बहर निर्माण प्रक्रिया

विभिन्न रुक्न र अर्कानको संयोजनबाटबहर निर्माण हुन्छ | फारसीमा बहरको सङ्ख्या यति नै छ भनेर आजसम्म किटानी हुनसकेको छैन । रुक्नको फरक फरक प्रयोगले फरकफरक बहरकोनिर्माण हुने हुँदा नयाँ बहरको जन्म हुने गर्छ । यसकारण पनि बहरकोसङ्ख्या किटानी गर्न नसकिएको हो ।

 

बहर विभिन्न प्रकारका छन् । मूलतः फारसी बहरलाई तीनप्रकारमाबाँडिएको पाइन्छ । ती तीन प्रकारमा ः

१) मुफरद वा मूल छन्द

२) मुरक्कब वा मिश्रति छन्द र

३) मुजाहिफ वा परिवर्तित छन्द ।

 


मुफरद वा मूल छन्द

मुफरद भन्नाले मूल रुक्नलाई तोडमोड नगरी एउटै रुक्नकोआवृत्तिबाट बनेका बहर हुन् । मुफरद बहर सात प्रकारका छन् । यीसात प्रकारका बहरका पनि विभिन्न भेद रहेका छन् ।

१) मुतकारिब   २) मुतदारिक   ३) हजज   ४) रमल

५) रजज    ६) वाफिर    ७) कामिल

 

उल्लिखित बहर उर्दू फारसीका साथै नेपाली गजललेखनमा समेतअत्यधिक प्रयोगमा आएका बहरहरू हुन् ।

 

बहरमा गजल लेख्दा पिङ्गल छन्दमा जस्तै गण/मात्रा -रुक्न/अर्कान) को उचित संयोजन हुनुपर्दछ । यति -विश्राम) र गति -प्रवाह) माअवरोध आउनुहुन्न ।


१) मुतकारिब बहर (१२२/१२२/१२२/१२२) (पिङ्गल छन्द भुजङ्गप्रयात)

फऊलुन् (१२२) रुक्नको चार पटक आवृत्ति हुँदा यो बहर निर्माणहुन्छ । यसबहरको मध्यविश्राम छैटौँ वर्णमा हुन्छ | छोटो, मीठो र सजिलो भएको कारण पनि यो बहर गजलमा अत्यधिक प्रयोग हुने बहर अर्न्तर्गत पर्दछ । यो बहर पिङ्गल छन्दभुजङ्गप्रयातसँग पनि हुबहु मिल्छ । भुजङ्गप्रयात छन्दमा पनि 'य' गण -यमाता/१२२) को चारपटक आवृत्ति हुने गर्छ । छ अक्षरमा यति -मध्यविश्राम) हुने गर्छ |


मुतकारिब बहरका पनि विभिन्न भेद छन् । फऊलुन् रुक्नको चार पटक आवृत्ति हुँदा मुतकारिब मुसम्मन सालिम हुन्छ भने तीन पटक आवृत्ति हुँदा मुतकारिब मुसद्दस सालिम र फऊलुन् रुक्नको दुई पटक आवृत्ति हुँदा मुतकारिब मुरब्बा सालिम बन्छ । 


(मुतकारिब मुसम्मन सालिम) 122/122/122/122

कतै जिन्दगीले छकाएर रोएँ

कतै चैँ म आफैँ हराएर रोएँ ।

सुरेश सुवेदी, अनुभूतिका डोबहरू


(मुतकारिब मुसद्दस सालिम) 122/122/122

थियो दूर यात्रा नथाक्ने

त्यहाँ बीज रोपेँ नपाक्ने । 

- बलराम दाहाल


(मुतकारिब मुरब्बा सालिम) 122/122

छुट्यो हात फेरि

बढ्यो घात फेरि । 

- राधा कणेल


२) मुतदारिक (२१२/२१२/२१२/२१२) (पिङ्गल छन्द स्रग्विणी)


यस बहरमा फाइलुन् (२१२) रुक्नको चारपटक आवृत्ति हुन्छ | यो  पिङ्गल छन्द स्रग्विणीसँग हुबहु मिल्छ ।

(मुतदारिक मुसम्मन सालिम) 212/212/212/212 (पिङ्गल छन्द स्रग्विणी)

त्रासदी स्वप्नमा डस्न थाल्यौ किन

ब्यूँझँदा आँसु भै खस्न थाल्यौ किन -

-पदम गौतम, घाम झुल्कनुअघि


(मुतदारिक मुसद्दस सालिम) 212/212/212 (महालक्ष्मी  छन्द)

धर्मका बातमा के थियो

दोष खै जातमा के थियो

- जनक रसिक

 

(मुतदारिक मुरब्बा सालिम) 212/212 (विमोहा छन्द) 

गोधुलीका कुरा

हुन्छ कैले पुरा ।

- खनाल मेघनाथ 'बन्धु'

 

३) हजज (१२२२/१२२२/१२२२/१२२२) 


मुतकारिब र मुतदारिकपछि धेरै मात्रामा प्रयोग हुने बहर हो- हजज । मफाईलुन् (१२२२) रुक्न कोे चारपटक आवृत्ति हुँदा बहरे हजज मुसम्मन्सालिम हुन्छ । अल्पविश्राम चारअक्षर र बाह्र अक्षरमा हुन्छ भने मध्यविश्राम आठ अक्षरमा हुन्छ । यो बहर पिङ्गल छन्द विधातासँग हुबहु मिल्छ ।


(बहरे हजज मुसम्मन् सालिम) 1222/1222/1222/1222 (पिङ्गल छन्द विधाता)

हुरीमा दीपझैँ धिप्धिप् बलेको जिन्दगी प्यारो

मलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो ।

नारायण निरासी, तुसारोमा फुलेका फूलहरू


(बहरे हजज मुसद्दस सालिम) 1222/1222/1222

हरायो लक्ष्य खोज्दै थेँ म फर्केछु

भिज्यो आँखा सिसाजस्तै म चर्केछु । 

- प्रभाती किरण


(बहरे हजज मुरब्बा सालिम) 1222/1222

वसन्तैमा तिमी फुल्नू 

दिँदै माया अझै खुल्नू ।

- खनाल मेघनाथ 'बन्धु'


 

४) बहरे रमल (२१२२/२१२२/२१२२/२१२२) (पिङ्गल छन्द माधवमालती)

फाइलातुन् -२१२२ रुक्नको चार पटक आवृत्ति हुँदा बहरे रमल मुसम्मन् सालिम बन्छ । नेपाली गजलमा धेरै मात्रामा प्रयोग भएको यो बहर पिङ्गल छन्द माधवमालती सँग मिल्छ । 


(बहरे रमल मुसम्मन् सालिम) २१२२/२१२२/२१२२/२१२२

जिन्दगीको अर्थ खोज्ने रीत सम्झेँ दिक्क लाग्यो

प्रेमको यो र्व्यर्थ गाथा गीत सम्झेँ दिक्क लाग्यो ।

रश्मि असफल, त्रि्रो वगानभित्र

 

(बहरे रमल मुसद्दस सालिम) २१२२/२१२२/२१२२

एकतामा र्सवहारा यो दसैँमा

उठ्नुपर्ने देश सारा यो दसैँमा । 

- जनक रसिक


(बहरे रमल मुरब्बा सालिम) २१२२/२१२२

मेख मारेझैँ छ है

बार बारेझैँ छ है । 

- बूँद राना, गजलमाला


उल्लिखित भेदका अतिरिक्त रमलका अन्य केही भेदहरू पनि नेपालीगजलकारले प्रयोग गरिरहेका पाइन्छ ।फाइलातुन्±फाइलातुन्±फाइलुन् सूत्रमा आधारित बहरे रमल मुसद्दसमहजुफको प्रयोग पनि केही नेपाली गजलकारले गरिरहेका छन् ।


(बहरे रमल मुसद्दसमहजुफ) २१२२/२१२२/२१२ 

आज यौटा घात आयो प्यारमा

फेरि कालो रात आयो प्यारमा ।

- घनेन्द्र ओझा


जिन्दगीको अर्थ खोज्दै हिँड्छु म

निष्ठुरीको साथ रोज्दै हिँड्छु म ।

- सप्रेम अर्चना

 

५) बहरे रजज (२२१२/२२१२/२२१२/२२१२) 

मुस्तफ्इलुन् (२२१२) रुक्न कोचारपटक आवृत्ति हुँदा बहरे रजजमुसम्मन् सालिम बन्दछ । 


बहरे रजजमुसम्मन् सालिम (२२१२/२२१२/२२१२/२२१२)

चल्दैन पा/नी भन्दछौ/यो के कुरा/हो जान्दिनँ

जाती र पा/ती र्व्यर्थको/संस्कार मै/ले मान्दिनँ ।

​- सरोज काफ्ले


बहरे रजज मुसद्दस सालिम (२२१२/२२१२/२२१२)

सम्झी बसेँ एकान्तमा टोलाउँदै

लाग्यो तिमी आयौ यतै बोलाउँदै ।

​- विपीन किरण


बहरे रजज मुरब्बा सालिम बन्छ। (२२१२/२२१२)

काँडा सधैँ टेक्दै हिँडेँ

आफ्नै कथा लेख्दै हिँडेँ ।

​- घनश्याम 'पथिक'


६) वाफिर बहर (१२११२/१२११२/१२११२/१२११२)

मुफाइलतुन् -१२११२) रुक्नको प्रयोग बाट यो बहर बन्छ । २० ओटा वर्ण हुने यो बहरमा  पाँच अक्षर र पन्ध्र अक्षरमा अल्पविश्राम तथा १० अक्षरमामध्यविश्राम हुन्छ । 


बहरेवाफिर मुसम्मन् सालिम (१२११२/१२११२/१२११२/१२११२)

खराब छ यो सबै दुनियाँ अरूसँग क्यै नबोल्नु प्रिया

दिएर मनै अरूकन लौ कुरा दिलका नखोल्नु प्रिया ।

सरोज काफ्ले, अधरामृत


बहरे वाफिर मुसद्दस सालिम (१२११२/१२११२/१२११२)

उदास भए उमङ्ग सबै तिमी नहुँदा

हराउँदछन् कि रङ्ग सबै तिमी नहुँदा ।

निर्मल ढुङ्गाना


बहरे वाफिर मुरब्बा सालिम (१२११२/१२११२)

म रोइरहेँ तिमी नहुँदा

र हाँसिरहृयौ तिमी म रुँदा । 

डा. घनश्याम न्यौपाने परिश्रमी


७) बहरे कामिल  (मुतफाइलुन् -११२१२)(पिङ्गल छन्द प्रमदानन/गीतिका)


मुतफाइलुन् (११२१२) रुक्नको आवृत्ति बाट निर्माण हुने यो बहरका पनि विभिन्न भेद छन् ।यो बहर पिङ्गल छन्द प्रमदानन/गीतिकासँग मिल्छ । यसको पाँचौँ र पन्ध्रौँ वर्णमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुन्छ र जम्मा २० अक्षरको हुन्छ । 


बहरे कामिल मुसम्मन् सालिम (११२१२/११२१२/११२१२/११२१२)

जुन मोडबाट बिदा लियौ म छु आजसम्म त्यहीँ प्रिया

अँ हिजो तिमी पनि त्यैँ थियौ म छु आजसम्म त्यहीँ प्रिया ।

- शारदा सजल, गजलमाला


बहरे कामिल मुसद्दस सालिम (११२१२/११२१२/११२१२)

म त बस्छु है मुटुमाझमा अब बास द्यौ

अनि फेर्छु है तनसाथ त्यो प्रिय स्वास द्यौ ।

- घनेन्द्र ओझा


बहरे कामिल मुरब्बा सालिम (११२१२/११२१२)

मनभित्र जे छ बताउँछु

बस पर्खिएर म आउँछु ।

- सरोज काफ्ले, बहरमाला

 



मुरक्कब बहर


यसरी नै मुरक्कब बहर विभिन्न फरकफरक रुक्नहरूको संयोजन बाट निर्मित बहर हुन् । यस्ता बहरमा एउटै रुक्नको मात्र आवृत्ति नभईविभिन्न रुक्नहरूको मेल भएको हुन्छ । गजलअन्वेषक डा. घनश्यामन्यौपाने परिश्रमी, डा. कृष्णहरि बराल र देवी नेपालले यस्ता बाह्रओटाबहर प्रचलनमा रहेको उल्लेख गरेका छन् । ती बहरहरूमा मुन्सरिह, मुक्तजब, मुजारिअ, खफिफ, बसित, मुज्तस, सरिअ। मुसाकिल, जदिद, करिब, मदिद र तबिल पर्दछन् ।

मुरक्कब बहरका केही उदाहरण र तिनको निर्माण प्रक्रिया यहाँउल्लेख गरिएको छ:

१) मुन्सरिह बहर
मुस्तफ्इलुन्±मफ्ऊलातु दुई प्रकारका रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १६ वर्णको यो बहरमा चौथो र बाह्रौँ वर्णमाअल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ ।
2212+2221+2212+2221 
मुस्तफ्इलुन्±मफ्ऊलातु±मुस्तफ्इलुन्±मफ्ऊलातु

यो जिन्दगी/मा सुङ्र्घर्ष गर्दै यहाँ/बाँचेको छु
पीडा व्यथा/का जङ्घार/तर्दै यहाँ/बाँचेको छु ।
नारायण निरासी

 

२) मुक्तजब
मफ्ऊलातु एकपटक र मुस्तफ्इलुन् रुक्नको दुईपटक आवृत्ति हुँदायो बहर बन्दछ | छैटौँ वर्णमा मध्यविश्राम हुने यो बहरमा १२ ओटावर्णमाुन्छन् ।

मफ्ऊलातु±मुस्तफ्इलुन्±मुस्तफ्इलुन्

त्रि्रै याद/मा तड्पिँदै/आएँ प्रिय
थोरै आश/मा अल्झिँदै/आएँ प्रिय ।
घनेन्द्र ओझा

३) मुजारअ

मफाईलुन्±फाइलातुन् दुईओटै रुक्नको दुईपटक आवृत्ति हुँदा योबहर बन्दछ । १६ वर्णमाे यो बहरमा चौथो र बाह्रौँ वर्णमाअल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ ।

मफाईलुन्±फाइलातुन्±मफाईलुन्±फाइलातुन्

भए खाए/जिन्दगानी/सधैँ राम्रो/हुन्छ प्यारी
तिमी आए/जिन्दगानी/सधैँ राम्रो/हुन्छ प्यारी ।
नारायण निरासी

४) खफिफ

फाइलातुन्±मुस्तफ्इलुन्±फाइलातुन् रुक्नको मेलबाट खफिफ बहरबन्दछ । १२ ओटा वर्णमारा निर्माण हुने यो बहरमा चौथो र आठौँवर्णमा विश्राम पर्छ । 

फाइलातुन्±मुस्तफ्इलुन्±फाइलातुन्

थाल्छु यात्रा/भन्ने अझै/तर्सिंदै छ
मिर्मिरेमा/पानी त्यतै/बर्सिंदै छ ।
बलराम दाहाल

५) बहरे बसित

मुस्तफ्इलुन±फाइलुन् दुईओटा रुक्नको दुईपटक आवृत्ति हुँदा योबहर बन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा चौथो र एघारौँ वर्णमाअल्पविश्राम पर्छ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ । 

मुस्तफ्इलुन±फाइलुन्±मुस्तफ्इलुन±फाइलुन्

बेकारमा/मैनझैँ/गल्दै छ यो/जिन्दगी
थोपा बनी/पग्लँदै/ढल्दै छ यो/जिन्दगी ।
विभोर बराल

६) मुज्तस

मुस्तफ्इलुन्±फाइलातुन् दुईओटै रुक्नको दुई पटक आवृत्ति हुँदा योबहर बन्दछ । १६ वर्णमाे यस बहरमा चौथो र बाह्रौँ वर्णमाअल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ । 

मुस्तफ्इलुन्±फाइलातुन्± मुस्तफ्इलुन्±फाइलातुन्

यी वेदना/छन् सहेको/हेर्ने भए/आज आऊ
त्यै दुःख सा/थी भएको/हेर्ने भए/आज आऊ ।
शैलेन्द्र अधिकारी, हिउँमाथिको जून

७) सरिअ

मुस्तफ्इलुन् रुक्न दुई पटक र मफ्ऊलात रुक्न एक पटक आउँदा योबहर बन्छ । ११ वर्ण हुने यो बहरमा चौथो र आठौँ वर्णमा विश्राम पर्छ।

मुस्तफ्इलुन्±मुस्तफ्इलुन्±मफ्ऊलातु

संसारले/इष्र्या गरे/केही हुन्न
बाटो ढुकी/काँडा छरे/केही हुन्न ।
नारायण निरासी

८) मुसाकिल

फाइलातुन् एक र मफाईलुन् रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहरबन्दछ । १२ वर्णमाे यस बहरमा हरेक चार वर्णमा विश्राम पर्छ ।

फाइलातुन्±मफाईलुन्±मफाईलुन्

आज आफैँ/व्यथामा ऊ/जलेको छ
प्रीतको त्यो/कथामा ऊ/जलेको छ ।
राज पाखे

९) जदिद

फाइलातुन् रुक्नको दुईपटक र मुस्तफ्इलुन् रुक्नको एकपटकआवृत्ति हुँदा यो बहर बन्दछ । १२ वर्णमाे यस बहरमा हरेक चारवर्णमा विश्राम पर्छ । 

फाइलातुन्±फाइलातुन्±मुस्तफ्इलुन्

आउँदा ऊ/लाग्छ आए/सारा यहाँ
भावनाको/गीत गाए/प्यारा यहाँ ।
विभोर बराल

१०) करिब

मफाईलुन् रुक्नको दुई पटक आवृत्ति भई फाइलातुन् रुक्न मिल्दा योबहर बन्दछ । १२ वर्ण हुने यस बहरमा हरेक चार वर्णमा विश्राम पर्दछ। 

मफाईलुन्±मफाईलुन्±फाइलातुन्

बलेकै थ्यो/जहाँ आगो/घीउ हाल्छन्
नपाई क्यै/त्यसै मान्छे/ज्यान फाल्छन् ।
राधा कणेल

११) मदिद

फाइलातुन्±फाइलुन् दुईओटै रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहरबन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा चौथो र एघारौँ वर्णमाअल्पविश्राम पर्दछ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ । 

फाइलातुन्±फाइलुन्±फाइलातुन्±फाइलुन्

दुख्छु आफ्नै/चोटमा/रुन्छु आफ्नै/पीरमा
कैद भो मे/रो खुसी/प्रेमकै जञ्/जीरमा ।
जनक पौड्याल

१२) तबिल

फऊल्न्±मुफाइलुन् दुईओटै रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहरबन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा तेस्रो र दसौँ वर्णमाअल्पविश्राम पर्दछ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ । 

फऊल्न्±मुफाइलुन्±फऊल्न्±मुफाइलुन्

अडेसो/भएँ सधैँ/गलेझैँ/ भयौ तिमी
म आएँ/तिमी भनी/ढलेझैँ/भयौ तिमी ।
- पदम गौतम



मुजाहिफ बहर


यस्तै मुजाहिफ बहरचाहिँ विभिन्न रुक्न र अर्कानहरू टुक्रिएर बनेकाबहर हुन् । यस्ता बहरमा मूल रुक्न नभई मूल रुक्नका केहीवर्णमारिवर्तित भएर बनेका हुन्छन् । मुजाहिफ बहर जति पनि बन्नसक्छन् । कुनै एउटा रुक्नमा परिवर्तन हुँदा नयाँ बहर बन्न सक्ने हुँदामुजाहिफ बहरको संख्या यकीन गर्न सकिने स्थिति छ्रैन । केहीनेपाली गजलकारहरूले गजललेखनकै क्रममा नयाँ बहरहरू निर्माणगरेर तिनको गजलमा सचेत प्रयोग पनि गरेका छन् ।

प्रचलनमा रहेका केही मुजाहिफ बहरको बारेमा यहाँ चर्चा गर्ने प्रयासगरिएको छ ।

१) वाफिर बहर

वाफिर बहरको प्रयोग पनि नेपाली गजलकारले धेरै मात्रामा गर्नेगरेका छन् । मुफाइलातुन् -१२१२२) रुक्न अथवा पहिलोवर्णमा्रस्व, दोस्रो वर्णमार्ीघ, तेस्रो ह्रस्व र चौथो र अन्तिम वापाँचौँ वर्णमार्ीघ हुने यो बहरमा २० ओटा वर्णमाुन्छन् । यसकापनि विभिन्न भेद छन् । मुफाइलातुन् रुक्नको चारपटक आवृत्ति हुँदाबहरे वाफिर मुसम्मन् सालिम बन्छ भने तीनपटक आवृत्ति हुँदा बहरेवाफिर मुसद्दस सालिम र दुईपटक आवृत्ति हुँदा बहरे वाफिर मुरब्बासालिम बन्छ । पाँच अक्षर र पन्ध्र अक्षरमा अल्पविश्राम तथा १०अक्षरमा मध्यविश्राम हुने बहरे वाफिर मुसम्मन् सालिमको निर्माणप्रक्रिया यसप्रकार छ ः

मुफाइलतुन्±मुफाइलतुन्±मुफाइलतुन्±मुफाइलतुन्

नजिस्क सङ्गी/नर्छक आगो/छ सम्झना यो/पवित्र उन्को
म लाखबाजी/मरे नि ज्यूँदै/रहन्छ माया/मभित्र उन्को ।
- जीत कार्की


२) बहरे हजज मुसम्मन् मकबुज -पञ्चचामर छन्द)

हजजकै एउटा भेद बहरे हजज मुसम्मन मकबुज पनि नेपाली गजलमाधेरै मात्रामा प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ । मुफाइलुन् -१२१२) रुक्नको चारपटक आवृत्ति हुँदा यो बहर बन्दछ ।मुफाइलुन्±मुफाइलुन्±मुफाइलुन्±मुफाइलुन् गरी १६ अक्षर हुने योबहरको यति -विश्राम) ४±८±१२±१६ अक्षरमा हुने गर्छ । अल्पविश्रामचार र बाह्र अक्षरमा हुन्छ भने मध्यविश्राम आठ अक्षरमा हुन्छ । योबहर पनि पिङ्गल छन्द पञ्चचामरसँग हुबहु मिल्छ । पञ्चचामर छन्द'ज र ज र ज गु' गणबाट बन्दछ ।

-हजजमुसम्मन् मकबुज  (मुफाइलुन् रुक्नको चारपटक आवृत्ति)
अनन्त पुण्यलाभको म गीतमा रमाउँछु
स्वदेशभक्ति रागको म प्रीतमा रमाउँछु ।
केशवराज आमोदी, बहरमाला

-बहरे हजजमुसद्दस मकबुज (मुफाइलुन् तीनपटक आवृत्ति) 
गयौ तिमी सबै भुली हतारमा
दुरी बढ्यो वियोगको बजारमा 
- अतीत मनु, गजलमाला

-हजज मुरब्बा मकबुज
कतै छ मस्त जिन्दगी
कतै छ त्रस्त जिन्दगी
- सुरेश सुवेदी

३) बहरे हजज अस्तर

बहरे हजजकै एउटा भेद बहरे हजज अस्तर पनि नेपाली गजलकारकोप्रिय बहरअर्न्तर्गत पर्दछ । फाइलातु±फैलुन्±फैलुन्±मफाइलुन्सूत्रमा आधारित यो बहरमा १२ अक्षर हुन्छन् भने छ अक्षरमामध्यविश्राम पर्दछ ।

फाइलातु±फैलुन्±फैलुन्±मफाइलुन्

बैगुनी छ मन्मा राख्छौ अझै कति
दूर भैसक्यो ऊ डाक्छौ अझै कति -
- राधा कणेल

४) बहरे हजज अखरब अवतर मुसद्दस -तोटक छन्द)

हजजकै अर्को भेद बहरे हजज अखरब अवतर मुसद्दसमा पनि नेपालीगजलकारले गजल लेख्दै आएका छन् । फइलुन् -११२) रुक्नकोचारपटक आवृत्ति हुँदा यो बहर बन्छ । १२ अक्षर हुने तथा छ अक्षरमामध्यविश्राम हुने यो बहर पिङ्गल छन्द तोटकसँग मिल्छ । तोटकछन्दको सूत्र हुन्छ- स स स स ।

'स' गणको चारपटक आवृत्ति हुँदा तोटक छन्द बन्छ । बहरे हजजअखरब अवतर मुसद्दस -तोटक छन्द) मा लेखिएका केही सेर ः

फइलुन्±फइलुन्±फइलुन्±फइलुन्
अति सुन्दर छन् व्यवहारहरू
हँसिला रसिला अनुहारहरू ।
- हुसैन खाँ

५) बहरे मुजारे​

बहरे मुजारे पनि नेपाली गजलमा अत्यधिक प्रयोग हुने बहरअर्न्तर्गतपर्दछ । मफ्ऊल±फाइलातुन् -२२१±२१२२) दुईपटक आउँदा मुजारेबहर बन्दछ । यो बहर पिङ्गल छन्द दिक्पालसँग मिल्छ । दिक्पालछन्दको सूत्र हुन्छ ः त र म ज गु गु । सात अक्षरमा मध्यविश्राम हुने१४ अक्षरको यो बहरमा लेखिएका केही सेरहरू ः

आफ्नै बने पराया भन्दै भनेन कैल्यै
मान्छे चिनेर मान्छे, मान्छे बनेन कैल्यै ।
जय गौडेल, बहरमाला

Bahar, Bahr