फुल्न नपाई कोपिलामै झर्छु जस्तो लाग्छ
डुबी नाउ सागर माझ पर्छु जस्तो लाग्छ !
बस्नु पर्ला कहिलेसम्म तिमीबाट टाढा
निभ्ने बेला तिम्रै खोजी गर्छु जस्तो लाग्छ !
तिमीलाई दिलमा राख्न गाह्रै भए पनि
खहरे त्यो बाध्यताको तर्छु जस्तो लाग्छ !
नियतिको तुषारोले कठ्याङ्ग्रिए पनि
तिम्रो मनको गमलामा सर्छु जस्तो लाग्छ !
तिम्रो मेरो प्रेम पनि भयो वारिपारि
भेटै नभै तिमीसँग मर्छु जस्तो लाग्छ !
~ लीलाराज दाहाल ~
Lilaraj Dahal
नाम : लिलाराज दाहाल साहित्यिक नाम : लीलाराज दाहाल जन्म मिति र स्थान : ०७/०५ परवानीपुर, सर्लाही ठेगाना : वाग्मती नगरपालिका -११, कर्मैया, सर्लाही अस्थायी बसोबास : ललितपुर लेखन विधा : कथा, लघुकथा, गजल, मुक्तक, यात्रा विवरण, गीत पुस्तकाकार कृति : फुटकर रचना प्रकाशित पुरस्कार/ सम्मान : १) उत्कृष्ट गीतकार सम्मान, २०८१, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, काठमाडौं २) सुरभि - वेदमणि आख्यान प्रतिभा पुरस्कार, २०८०, सुरभि साहित्य प्रतिष्ठान, काठमाडौं ३) पालुङ साहित्य सिर्जनशील स्रष्टा सम्मान, २०७६, प्रथम पालुङ साहित्य महोत्सव- २०७६ ४) कबा उत्कृष्ट रचना सम्मान -२०७५, कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक ५) नमस्ते नवयुवा जागरण साहित्य सम्मान - २०७४, नमस्ते साहित्य परिषद, ओखलढुंगा |