आ गन्तव्य पुगौँ आमाको वचन बिर्सिनुहुँदैन।
यो गोरेटो अवरोध छ खोजौँ वैकल्पिक बाटो
लक्ष्य बोकेकाहरू यस्ता कुरामा अल्झिनुहुँदैन।
भोलि आत्मघात गर्नुपर्छ साथी वियोगीय पछि
तसर्थ सबै तनमन प्रेमिकालाई सुम्पिनुहुँदैन।
कसैको गर्दनमा पुगेर मात्र ओइलिनुपर्छ तिमी
ए फूल?तिमी कोपिलामै यसरी ओइलिनुहुँदैन।
तँ आफू उभेको धरातल कसरी भुल्छस् साथी?
हामी मान्छे हौँ अकस्मात् मौसमझैँ फेरिनुहुँदैन।
~ सन्तोष हरदम ~
Santosh Hardam
नाम-सन्तोष घर्ति मगर
ठेगाना-रोल्पा शिक्षा- स्नातक तह अध्ययनरत प्रकाशित कृतिहरू- अन्योल जीवन गजल सङ्ग्रह - अभिन्न मोड संयुक्त मुक्तक सङ्ग्रह -रोल्पा गजल संयुक्त सङ्ग्रह Gmail-hardamsantosh@gmail.com |