पैसाको अघि पर्दा ताली रहेछ मान्छे
रित्तो गोजी भएमा गाली रहेछ मान्छे
देखाइ लाज हरकत चर्चित हुन्छु भन्दै
खोलेर वस्त्र आफ्नै फालिरहेछ मान्छे
लम्किन खोजे कोही शिखरको मार्गतिर
खुट्टा समाइ तान्ने जाली रहेछ मान्छे
बिर्सेर मृत्यु आफ्नो अर्काको दिन गन्दै
सत्कर्म माथि पर्दा हालिरहेछ मान्छे
लाखौं कुकर्म गर्दै बाहिर धर्मी बन्न
मन्दिर छेउ दियो बालिरहेछ मान्छे
~डीआर न्यौपाने 'सूर्य'~
DR Neupane
नाम - डीआर न्यौपाने 'सूर्य' ठेगाना - तिलोत्तमा १ रुपन्देही प्रकाशित कृति - करिब डेढ दर्जन संयुक्त कृति ( गजल, मुक्तक , कविता, कथा, लघुकथा ) एकल - सूर्योदय (गजल सङ्ग्रह २०७७ ) सम्बोधन ( मुक्तक सङ्ग्रह २०७९ ) |