दिपक लामिछाने

पुराण लाग्छ बाइबल मलाई नमाज लाग्छ

आमा तिम्रो बोली भगवानको आवाज लाग्छ।


मकै कोदो बेची बेची पढ्न पठाएको छोरोलाई 

आफ्नै बालाई बा भनि बोलाउन लाज लाग्छ


मेरो मुटु नै चिरी मायाको तलाउ देखाउदा पनि

यो मुटुको चारै कोठा उस्लाई पुरानो दराज लाग्छ


यहाँ बाँझो जग्गामा कोदालो लाग्दैन हलो लाग्दैन

बरु सजिलै युवा बोकी खाडी तिर जहाज लाग्छ


जो आज सिंहदरबारको ताल्चा खोल्न पुगेकोछ

यो देशलाई बलात्कार गर्ने उसकै कामकाज लाग्छ


 ~ दिपक लामिछाने ~

Deepak Lamichhane  


नाम: दिपक लामिछाने 

ठेगाना : दोर्दी २ लमजुङ 

सम्पर्क नम्बर: ९८४०१२६८३३