भोकै होस पेट तर साँझमा एक गिलास चाहिन्छ,
भन्देउ न कसैले, फलामले फलाम काट्दैन भनेर,
नभए सुधार्नै मेरो देशलाई एक कालिदास चहिन्छ,
कहाँ नेतोलाई कानुन लाउने कुरा गरेको मान्यवर,
हाम्लाई पो हक पाउनै, न्यायाधीशको ईजलास चाहिन्छ,
आमा छउन्जेल कहिल्यै बुझेन, छाक बिराएर किन खाएको,
बुझ्दैछ,मर्दा मान्छेलाई पनि,चामल अनि कपास चाहिन्छ,
सोझो जनता निडर खुलेआम हिड्छन केही हुँदैन,
नेतैलाई खै केको डर! सधैं पुलिस आसपास चाहिन्छ,
~ रविन कुश्मा थारु ~
Rabin Kushma Tharu
एक चन्द्रमा छ, जो निस्केरै सागरमा छाल आउँछ,
अर्को उनि छिन, देखेरै यो दिलमा भुइँचाल आउँछ,
यो संसारमा, खासै त रहिन्छ औकात उस्को पनि !
लुखुर लुखुर बास माग्न,गरिबकै घरमा काल आउँछ,
मेरो भैंसी देख्नै नसक्ने पनि,कति दिल्दार भएछ उ!
गोठमा आगो लाग्दा, बोकेर काँधमा पराल आउँछ,
पढ्न त हर कठिनाई,पुस्तक अनि सब दुनियाँ पढौला !
भोग्नै पर्ने जान्न! खै कहाँबाट जिवनमा सवाल आउँछ,
यार, के तारिफ गरौं म उनको, के के को म बयान गरुँ!
छायाँ नै देखेर पनि उनको,मेरो त मुखैमा बबाल आउँछ!
गजल २
नभए सुधार्नै मेरो देशलाई एक कालिदास चहिन्छ,
कहाँ नेतोलाई कानुन लाउने कुरा गरेको मान्यवर,
हाम्लाई पो हक पाउनै, न्यायाधीशको ईजलास चाहिन्छ,
आमा छउन्जेल कहिल्यै बुझेन, छाक बिराएर किन खाएको,
बुझ्दैछ,मर्दा मान्छेलाई पनि,चामल अनि कपास चाहिन्छ,
सोझो जनता निडर खुलेआम हिड्छन केही हुँदैन,
नेतैलाई खै केको डर! सधैं पुलिस आसपास चाहिन्छ,
~ रविन कुश्मा थारु ~
Rabin Kushma Tharu
रविन कुश्मा थारु
सम्पर्क : ९८६९७२३६८९
ठेगाना : भुरिगाउँ, बर्दिया, नेपाल
इमेल : tharu.rk.np@gmail.com
विधा: गजल, कविता, मुक्तक
थप गजलहरु
गजल १
अर्को उनि छिन, देखेरै यो दिलमा भुइँचाल आउँछ,
यो संसारमा, खासै त रहिन्छ औकात उस्को पनि !
लुखुर लुखुर बास माग्न,गरिबकै घरमा काल आउँछ,
मेरो भैंसी देख्नै नसक्ने पनि,कति दिल्दार भएछ उ!
गोठमा आगो लाग्दा, बोकेर काँधमा पराल आउँछ,
पढ्न त हर कठिनाई,पुस्तक अनि सब दुनियाँ पढौला !
भोग्नै पर्ने जान्न! खै कहाँबाट जिवनमा सवाल आउँछ,
यार, के तारिफ गरौं म उनको, के के को म बयान गरुँ!
छायाँ नै देखेर पनि उनको,मेरो त मुखैमा बबाल आउँछ!
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
आउँछन् नि कोहि त एकदिन,तिम्रै ठाउँमा पनि,
यहाँ चल्छ सरकार अक्सर, कामचलाउमा पनि!
किन यसै शंका गर्छौ, कहाँ कस्लाई घुमाएँ मैले,
प्रीय! चल्दछ्न त बाइक अचेल, पठाउ मा पनि!
नेतो बोल्छ,मानौं उस्कै कमि छ यो देश बनाउन,
बुझ्दैन उ!सुर्य उदाउँछ्न,भाले नभा गाउँमा पनि!
उफ्! नयन,केश,अधर,दन्त! के के म बयान गरुँ,
सम्झेर पुष्प पुतली, झुम्दछन् तिम्रै पाउमा पनि!
कहाँ भेटिन्छ जागिर यसै, के सोच्यो र तिमीले,
काजु त खोजेर खानुपर्छ अचेल, पुलाउमा पनि!
गजल ३

सपनामा सोध्दैहुनु हुन्थ्यो बा, बाबू अचेल के चलेको छ !
बा, मलिलो खेतमा घर अनि छ्तमा तरकारी फलेको छ!
यस्तै हो बा, ऋण लेर घरको ऋण तिर्न उडेको थियो दाई,
बाकसमा दाइ अनि, गाउँमा घरको छानो ढलेको छ!
कसले भन्छ बा पानी जल्दैन भनेर, मेरो झुपडीमा पठाइदिनोस् !
यहाँ चुलोमा ग्यांस जल्दैन, दाउरा जल्दैन, पसिना जलेको छ!
किन आत्तिनु भएको बा, न आत्तिनुस! भारत त पराइ देश हो,
लिएर चर्को कर जनको, सरकार आफ्नैले त यहाँ छ्लेको छ!
अचेल सोच्छुँ बा, खै कसरी तपाईं मलाई बोकेर घुमाउनु हुन्थ्यो,
सानो छँदा थाहै नहुने रैछ बा, भरियाको काँध कति गलेको छ!
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ४
पिपलपाते अधर आहा! चुम्दिउँझै क्या नरम तिम्रो!
चम्किलो मुस्कान लठ्ठै पार्ने, थोरै मिसिएको सरम तिम्रो!
बर्षाको याम छ अचेल, नरुझ्नु! रुझ्छौ रे धेरै तिमि,
हेर! पर्लानी प्रेम मसँग फेरि, पखालिएर भ्रम तिम्रो!
ऊ केही बर्षमै भुँइमान्छेबाट अलिसान महल पुगेको हो,
कहाँ बुझ्छ अब, जति पुगेनी दु:खको चरम तिम्रो!
आउ नाचौन सँगै, रचौला जिवनको संगित मिलेर,
तिमी बनेर मिठो धुन मेरो अनि म बनेर सरगम तिम्रो!!
मुसुक्क हाँस्छौ! रसिला नयन भनी हाल्छन त सबै,
आउ लाइदिउँला ओखती, बनेर सधैं मलहम तिम्रो!!
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
अन्धो पनि त आखिर अन्धकार देख्छ!
पीडा, भोक, हैजा अनि हाहाकार देख्छ!
बिर्सिन्छ सबथोक, चुनाब जितेसि नेतो!
हालेर भोट सपना भएको साकार देख्छ!
साधु पनि चोर हुँदो रैछ,चोरकै बस्ती छिरे पछी!
नेतै पनि त चुनाव अघि परोपकार देख्छ!
नसराप विचरा ती नेतालाई, राजनीती गरि हेर!
आँखो तिम्रै पनि कुर्सी र सरकार देख्छ!
तिमी ठुलाठुला सपना देख्छौ,के भाको मलाई!!
आँखोमा नेपालको सधैं असार देख्छ!
पीडा, भोक, हैजा अनि हाहाकार देख्छ!
अन्धो पनि त आखिर अन्धकार देख्छ!
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ६
लुकाएर पिर मनमा,ओठको मुस्कान उस्तै छ।
देखाएर भट्टि अगाडि, कोठीमा दुकान उस्तै छ!
बिफल रह्यो सुर्य कठै!उ निस्किन्छ नयाँ दिन लिएर!
बद्लिन्न केहि,मलाई त हररात अनि बिहान उस्तै छ!
म हरदिन किनिन्छुँ! कसैको मेहफिल फरक सजाउन!
यो कोठिको कोठा उहीँ,अनि शरिरको थकान उस्तै छ!
प्यासी पनि कत्ती आउँछन!मैलाई चुसेर प्यास बुझाउन!
कोठिमा कैद मेरो योवन अनि माटोमा, चिहान उस्तै छ!
रित्तिदैन यो शरिर किन! हरपल मेरै व्यापार हुँदा नि!
म भित्रको बस "म" रित्तिएँ! म रित्तिएको मकान उस्तै छ!
लुकाएर पिर मनमा,ओठको मुस्कान उस्तै छ
देखाएर भट्टि अगाडि, कोठीमा दुकान उस्तै छ!!
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ७
टल्केर बिहानमा सबै शीत हराउँछ,
बिस्तारै यो चलन अनि रित हराउँछ,
के घमण्ड गर्छौ,त्यो बल र तागतको,
आओस न समय, सब धित हराउँछ,
यो पर्थिव शरिर कति टिक्छ र यहाँ!
उनकै साथ अनि लाको पृत हराउँछ,
के ठोक्छौ भाषण सफल्ताको तिमी,
भगवानको नि मृत्युसामु,जित हराउँछ,
मेरै लागि मर्ने वाचा नगर बेकार तिमि,
भेटिन्छे केटि अनि लाको मीत हराउँछ,
टल्केर बिहानमा सबै शीत हराउँछ।।
बिस्तारै यो चलन अनि रित हराउँछ।।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ८
तिमी आउ या मदिरा पिलाउ, मात उस्तै लाग्छ!
गाली गर या मायाका दुई शब्द, बात उस्तै लाग्छ!
मेरा गालालाई पनि तिम्रै स्पर्शको लत बसेछ क्यारे!
चड्काउ या सुम्सुम्याउ कोमल, हात उस्तै लाग्छ!
हाम्रो बिहे यस्तोउस्तो भन्दै,केके सपना देखाइदियो,
ब्यान्ड होस या पन्चै,आउने सबै बरात उस्तै लाग्छ!
ओठमा यसै ओठ मिलायो!केके भयो सुरुसुरुमा,
अब डराउ या लजाउ,मलाई हरसाथ उस्तै लाग्छ!
तिम्रो यादहरुको भिडभाडमा रम्न थालेदेखी मन,
झगडाको होस या अरु कुनै हर जमात उस्तै लाग्छ!
तिमी आउ या मदिरा पिलाउ, मात उस्तै लाग्छ!
गाली गर या मायाका दुई शब्द, बात उस्तै लाग्छ!
~ रविन कुश्मा थारु ~
Rabin Kushma Tharu