ललाई फुलाई नशामा भुलायौ
न माया गरेऊ दिलै यो रुलायौ
म ठान्थेँ तिमी नै थियौ जिन्दगीमा
भुलै थ्यो कि! साँचो नबुझ्दै झुलायौ
मिठो थ्यो र! बोली दिलैमा बसी गो
घुलेरै जवानी तरंगित् तुुलायौ
म मान्थे तिमी एक अासा भरोसा
कहाँको उठायौ भुईँमा सुलायौ
मिठो कल्पनामा डुबाई तिमीले
यता नी डुलायौ उता नी डुलायौ
~ बालकृष्ण गजुरेल ~
Balkrishna Gajurel
गजल २ (बहरमा)
(हजस मुसद्दस महजुफ)
सँगै हुन्थेँ यताऊता हराएर तिमीमा
म सुम्पन्थेँ सबै ईच्छा जलाएर तिमीमा
दिलै खोली तिमी हाँस्दा म बनेथेँ फिदाझैँ
यसो हेर्दा पस्यो झस्का लजाएर तिमीमा
नशा लाग्ने रुपै राम्रो थियो चढ्दो जवानी
बित्यो बर्षौँ हकैमात्र जमाएर तिमीमा
सहारा थ्यो सँधै प्राय: गुलाबी अोठ राती
छुँदै चुम्थेँ नयाँ स्वप्ना सजाएर तिमीमा
तिमी थियौ र पो बाँचेँ बटुल्दै ती सहारा
खुशी हुन्थेँ प्रिय: पात्र बनाएर तिमीमा
गजल ३ (बहरमा)
अति भो कुरा नगरम रातका रानीहरुका ।
जे मन लाग्यो उही गर्ने मनोमानीहरुका ।
जमाना खराव होइन मान्छे खराव भए ।
दोष किन जमानालाई ती मदानीहरुका ?
चोट जस्लाई लागे पनि टुट्ने गर्छ हृदय ।
के अाश गर्ने लाभ असुल्ने बानीहरुका ?
अाफुस्वयं जलाएर बाँच्नेहरु भन्दैछन् रे !
हिसाब छैन नोक्सानहरुका हानीहरुका ।
संगत सबैको गरम बिस्वास अाफ्नो गरम ।
जोगिनु पर्छ भर छैन अाउने जानीहरुका ।
गजल ४ (बहरमा)
तिमी छौ र पो मै छु झैँ लाग्न थाल्यो
र... संसारमा रै छु झैँ लाग्न थाल्यो
हजारौँ जुनी बाँच्न सक्नेछु साथै
सँगै साथमा नै छु झैँ लाग्न थाल्यो
तिमी हौ पुजा पुज्न पर्दैन मैले
गरेरै पुजा गै छु झैँ लाग्न थाल्यो
बिहानी उषा झैँ उदायौ दिलैमा
नशामा बगे झैँ छु झैँ लाग्न थाल्यो
समाएर यी हात नाता निभाए
नभुल्ने मित्र भै छु झैँ लाग्न थाल्यो
बालकृष्ण गजुरेल कृति: साधना उपन्यास (चाडै आउँदैछ) |