विमल बि.क.

समस्याहरू छन् हजारौँ हजार,चिन्ता लाग्छ
छैन् देशमा रोजगारको आधार,चिन्ता लाग्छ

डिग्री पास गरेको प्रमाणपत्र बाकसमा राखेर,
जानुपर्दाखेरि दुबई साउदी कतार,चिन्ता लाग्छ

हिजो कहाँ थियो आज कहाँ पुगिसक्यो देश,
साँध मिचिएको आउँदा समाचार,चिन्ता लाग्छ

नियम कानुन सबैलाई बराबर हो भन्छ भाषणमा,
भष्टचार आफै गरी हिँड्छ सरकार,चिन्ता लाग्छ

बुद्ध बनाउँला सोंचेको थिएँ छोरालाई हिटलर भो,
कलमको साटो लिएर घुम्छ तरबार,चिन्ता लाग्छ।

~ विमल बि.क. ~
Bimal BK


नाम- विमल बि.क. (बिन)
आमा/बाबु-मन कुमारी/नन्द बहादुर बि.क.
अर्धाङ्गिनी-अश्मी सुनार
जन्म स्थान-ताराखोला गाउँपालिका ३ बागलुङ
हालको ठेगाना-परदेश
सम्पर्क नम्बर- ९८६७६२२५६७,+९७४३०८५२५३०
ईमेल - bimalbk492@gmail.com

प्रकाशित पुस्तक, लेख रचना
*विजयरोहरण संयुक्त मुक्तक संग्रह,
*मेरो ताराखोला स्मारिका,
*हाम्रो गलकोट स्मारिका,
*हामी र हाम्रो मुक्तक संग्रह,
*राष्ट्रिय पत्र पत्रिकाहरु ,रेडियो कार्यक्रम बुलबुल, बहकिने मन लगाएत अन्य थुप्रै रेडियोहरु।

संग्लनता-सामाजिक संजाल मार्फत बिभिन्न साहित्यिक संस्थाहरुको सदस्य


थप गजलहरु 

गजल १

हरपल हरक्षण बिछोडको पिडाले तड्पिएर
म बाँचेको छु ज्यूँदो लास झैँ जिन्दगी लिएर

हजारौं सपनाहरु थिएँ मेरा पनि आँखाभरि
आज बिलिन हुन पुगे सबै आसुँसँग मिसिएर

कति कुराहरु अधुरोमै सुन्दर हुँदा रहेछन् यहाँ
जस्तो मैँले दिन काटेको छु तिमीलाई सम्झिएर

स्वार्थको प्रेम हो अभाव र दबाबमा छुट्ने भनेको
साँचो प्रेम त चलिरहन्छ मुत्यु पर्यन्तसम्म धड्किएर

मैँले अर्कै रोजे कसरी भन्न सक्यौँ ए धोकेबाज
मलाई जिन्दगीभर साथ दिने वाचा कसम् दिएर।

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

गजल २ 

आजदेखि हिँड्न टेक्न छोडेका छन् मेरा खुट्टाले
अब कहाँसम्म पुग्नुपर्ने हो दौडिनुस् मित्र मज्जाले

मैले जति माया कसैले गर्दैन तिमीलाई भयौं प्रिया
मलाई तिमीले भन्दा धेरै माया गर्नुहुन्छ बा आमाले

पैसाभए सबथोक किन्न मिल्छ भनेर घमण्ड नगर्नुस्
महोदय मान सम्मान ईज्जत आउँदैन नि यहाँ पैसाले

झिकेर बेचिदिन्थो बजार पाए आनन्द हुन्थ्यो सधैँलाई
भगवान मलाई दिनसम्म दुःख दिएका छन् यी आँखाले

~ विमल बि.क. ~
Bimal BK