म भुल्न कहा सक्छु र बाटो नेपालको
मेरी आमा भन्नुहुन्थ्यो यही संसार हो तेरो
किल्लाकिल्ला फाँटफाँट पाटो नेपालको
हलो कुटो कोदालाले ठेला उठेका यी हातहरु
तर पनि प्यारो मलाई खाटो नेपालको
भयो चौरासी व्यञ्जन चाहिदैन मलाई
त्यो भन्दा नि मिठो छ आटो नेपालको
यो धरातल छोडी अब कहीँ जान्नँ आमा
दिए पनि स्वर्ग मलाई साटो नेपालको
~ ध्रुव बर्तौला 'सुदिन' ~
Dhruba Bartaula Sudin
ध्रुव बर्तौला 'सुदिन'
भरतपुर १०, चितवन |