वियोगमा तिम्रो मन जलिरहेको छ
थाकेर जिन्दगी आफैँ गलिरहेको छ
बाँचेकै छु बाध्यतामा रहरहरु साँची
नियतिले आफैँलाई छलिरहेको छ
खै कसको नजर लाग्यो खुसीहरुमा
कल्पनाका महल यहाँ ढलिरहेको छ
जलिरहेको छु अभावमा हरपल उनकै
वैरागिएर मनमा आँधी चलिरहेको छ
सपना थियो तिमीसँगै जिन्दगी काट्ने
जलेर सपना मन आफैँ बलिरहेको छ
~ रामशरण गैरे ~
थाकेर जिन्दगी आफैँ गलिरहेको छ
बाँचेकै छु बाध्यतामा रहरहरु साँची
नियतिले आफैँलाई छलिरहेको छ
खै कसको नजर लाग्यो खुसीहरुमा
कल्पनाका महल यहाँ ढलिरहेको छ
जलिरहेको छु अभावमा हरपल उनकै
वैरागिएर मनमा आँधी चलिरहेको छ
सपना थियो तिमीसँगै जिन्दगी काट्ने
जलेर सपना मन आफैँ बलिरहेको छ
~ रामशरण गैरे ~
Ramsharan Gaire
रामशरण गैरे
|
थप गजलहरु
गजल १
सयौँ चोट पीडाहरु सहनैपर्ने रीत रहेछ
साउने भेलजस्तो तिम्रो मेरो प्रीत रहेछ
कसले पो बुझ्छ र यो मनका पीर बह
सताउने आखिर अतीतका गीत रहेछ
मन–मन्दिरमा सजाएर पूजा गरिरहेँ मैले
कल्पनामै रमाउनुआखिर मेरो जित रहेछ
सारा खुसी दिएँ तिमीलाई सपना सजाउँदै
कुन दैवले खोस्यो खुसी कसको हित रहेछ
रून्छ मन आज सम्झी अतीतका दिनहरु
हरपल बग्ने मेरो आँसु प्रभातको शीत रहेछ
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
बाँचेको छु तिम्रा यादहरु बटुलेर
जिन्दगीले दिएका सबै चोट सहेरतिम्रै यादमा हरपल जल्दै बित्छ दिन
नाम तिम्रो साँचेको छु रगतले लेखेर
सहेको छु चोटहरु तिम्रा उपहार ठानी
जीवन धानेको छु अझै आशमा अल्झेर
जिन्दगीले दियो पीडा जलिरहेँ एक्लै
तिम्रै याद भो साथी बस्छु संसार बिर्सेर
टुक्रेको छ यो मुटु तिम्रो यादमा तड्पी
सही रहेँ चोट आफैँ कुनै सीमा ननाघेर
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ३
तिम्रो यादमा रूँदारूँदै जिन्दगी नै थाक्यो
वेदनाका यी घाउहरु दुख्दादुख्दै पाक्यो
सपनाका महलहरु ढल्दै गए अखिर मेरा
निराशाको यो बादलले चारैतिर ढाक्यो
पलपल किन चोट र ठक्कर जिन्दगीमा ?
चोटैचोटले जिन्दगी नै नर्कतिर जाक्यो
जिन्दगीका यात्राहरु अझै बाँकी थिए
नियतिको खेलले बीच बाटोमै फ्याँक्यो
परपर भइगए मनमन्दिरमा बस्नेहरु
सपनामा पलपल उनकै इशाराले डाक्यो
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ४
त्यो मुटुमा माया कहिल्यै नमरे हुन्थ्यो
मैलेजस्तै माया उसले पनि गरे हुन्थ्यो
नदेखेझैँ गरीकन तर्किरहने आजभोलि
प्यासी यी नजरमा झझल्को छरे हुन्थ्यो
सधैँभरि टाढामात्र बोलीचाली नै बन्द भयो
कहिले मेरो यादमा तिम्रो आँसु झरे हुन्थ्यो
एकदिन त पग्लला नि निर्दयीको मन पनि
कुनै दिन मलाई सम्झिएर रून परे हुन्थ्यो
अतीतका ती दिन सम्झी बस्छु एकान्तमा
एकमुठी माया लिई यतातिर सरे हुन्थ्यो
~ रामशरण गैरे ~
Ramsharan Gaire