आफु बनेर मस्त छ सदनमा निदाउनलाई
यहाँ खडेरी भोकमरी आयो कोहि आएनन् शहरबाट
अझै केहि बर्ष बाँकि छ महोदय, ८४ आउनलाई
एक अन्नको दाना काफि छ जिवन जिउन
हिजो मुस्कुराएका यादहरु छन् दिन विताउनलाई
यो सरकार अनि मेरी प्रेमिका उस्तै लाग्छन्
मुटु लान्छन् भ्रम छर्छन भरोसा दिलाउनलाई
~ रामकृष्ण अनायास ~
Ramkrishna Anayas
नाम : रामकृष्ण पौडेल "अनायास" जन्मस्थान / स्थायी ठेगाना: भरतपुर - ५, कैलाशनगर, चितवन हालको बसोबास: भरतपुर - ५, कविडाँडा, कैलाश टोल, चितवन सम्पर्क नं.: 9855050993 इमेल : paudelramkrishna6@gmail.com ब्लग: ramkrishnathapa.blogspot.com शिक्षाः बि एड् (नेपाली) (त्रिभुवन विश्वविद्यालय) र BMLT सम्प्रति : चितवन मेडिकल कलेज, भरतपुर, चितवन साहित्य विधा : कविता, गीत, गजल, मुक्तक, हाइकु, लघुकथा लेखन आरम्भः वि.सं. २०58 बाट प्रकाशित कृति सूची - अनायासका पानाहरु ई गजल संग्रह - धमिलिएका डोबहरू सवाल जवाफ संयुक्त गजल संग्रह - विविन्न साहित्य कृति,पत्रिका सम्पादन सम्पादन -- गजल सारथि । -- सिरेटो साहित्यिक पत्रिका । -- स्मारिकाहरु सम्मान/पुरस्कार विविन्न साहित्य सस्था,संघ सस्थाबाट सम्मानित् पुरस्कृत आबद्धता : - २०८१ सचिव : अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन - २०८१ अध्यक्ष गजल मञ्च, चितवन - २०८१ सहसचिव : कविडाँडा साहित्य समाज, चितवन आजीवन सदस्य : चितवन साहित्य परिषद् आजीवन सदस्य : गजल मंच चितवन चितवन आजीवन सदस्य : अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन आजीवन सदस्य : नेपाल रेडक्रस सोसाइटी आजीवन सदस्य : कविडाँडा साहित्य समाज आजीवन सदस्य : हाम्रो मझेरी साहित्य प्रतिष्ठान |
थप गजलहरु
गजल १
मन छ मुटु छ धड्कन हराएपछी
एक्कासी प्रेमिका हराईन धन हराएपछी
मैले आफैलाई हेरेर मन बुझाउदै छु
बाँच्नु त आखिर पर्दो रहेछ जीवन हराएपछी ।
यो आँखा यति धेरै किन उदास देखिन्छ ?
खै महोदय, उत्तर के दिउ कारण हराएपछी ।
मान्छेले गुन बिर्सन्छ नाताअनि खुन बिर्सन्छ
बुढा बाआमालाई आश्रम छाड्छन् संवेदन हराएपछी
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
छोरी नभएको मलाई त्यो महल घर लाग्दैन
सरकार नागरिकतामा किन आमाको थर लाग्दैन
परीक्षा आयो पुस्तक कहिल्यै आएन कर्णालीमा
पर्चा आयो झन्डा बोकेर भोट माग्नेको भर लाग्दैन
भव्य महल सुनको छानो होला तिम्रो सहरमा
मसँग बाआमाको काख हुँदा डर लाग्दैन
हेर्नुहोस् त अस्पतालले गर्भबाटै छोरी फालिदियो
डाक्टर साहेब के तपाईंलाई चक्कर लाग्दैन ?
सम्झनामा एउटा रुमाल छोडेर जाऊ ए प्यारी !
मलाई त्यो भन्दा प्यारो कुनै मफलर लाग्दैन ।
एक्कासी प्रेमिका हराईन धन हराएपछी
मैले आफैलाई हेरेर मन बुझाउदै छु
बाँच्नु त आखिर पर्दो रहेछ जीवन हराएपछी ।
यो आँखा यति धेरै किन उदास देखिन्छ ?
खै महोदय, उत्तर के दिउ कारण हराएपछी ।
मान्छेले गुन बिर्सन्छ नाताअनि खुन बिर्सन्छ
बुढा बाआमालाई आश्रम छाड्छन् संवेदन हराएपछी
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल २
सरकार नागरिकतामा किन आमाको थर लाग्दैन
परीक्षा आयो पुस्तक कहिल्यै आएन कर्णालीमा
पर्चा आयो झन्डा बोकेर भोट माग्नेको भर लाग्दैन
भव्य महल सुनको छानो होला तिम्रो सहरमा
मसँग बाआमाको काख हुँदा डर लाग्दैन
हेर्नुहोस् त अस्पतालले गर्भबाटै छोरी फालिदियो
डाक्टर साहेब के तपाईंलाई चक्कर लाग्दैन ?
सम्झनामा एउटा रुमाल छोडेर जाऊ ए प्यारी !
मलाई त्यो भन्दा प्यारो कुनै मफलर लाग्दैन ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ३
म फकिर हुँ म हराएको सुचना किन बाँड्छौ
मेरो बेग्लै दुनिया छ फेरि दुनिया सँग के दाँज्छौ ?
भन्छन् अनायास प्रेम सराब दुवैले मर्छ भनेर
हातमै कफन बोकेको छु अरे यार हाँस कति हाँस्छौ
सम्बन्ध जोड्ने लाई मेरो कुटीमा भोकै वस्तु पदैन
खुन वेचेरै पानि पिलाउछु आउ सम्बन्ध गाँस्छौ ?
हेर नदि सागरको बाटो आफै खोज्दै जान्छ
तिमि दुई किनारा खै कहिले भेट्न आँट्छौ ?
एक थोपा आँसु पिएर मैले रात काटेको छु,
छोडेर जानेले भन्देउ रात कसरी काट्छौ ?
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ४
नसोध उमेर मेरो वचपन जवानी छ
मुटु हेर्छौं आउ हेर त्यहाँ तिम्रै निसानी छ
बिर्सियौ कुनै रात नसुतेरै उज्यालो बनाईन्थ्यो
कसम हामि दुईको साँचि त्यै बिहानी छ ।
समयले एक एक जोडेर तिन बनाईदियो
समाजलाई के थाहा त्यो रात गहिरो काहानी छ
साथिहरू हिसाब देखेर अझै दुविधामा छन्
अरे यार सोध लजाउदै बस्ने सिरानी छ ।
हेर जसरी सुन ठक्कर खाएर हार बन्यो
मन जल्दै पग्लदै जोडिन ठुलो लगानी छ ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ५
आज घरमै बस बाटोमा सरकारको सवारी छ
भन्देउ न पुलिस दाई कतिलाई समात्ने तयारी छ ।
बा ले मृगौला बेचेर आमाको उपचार गर्दै छन्
यता सेवा बन्द भन्दै अस्पतालको सुचना जारी छ ।
सिँहदरबार बाटै आदेश पठाईन्छ डाक्टर कुट्न
हेर त सरकार आफै मानसिक बिमारी छ ।
जनता जल्दैछन् यहाँ पेट्रोल प्रतिबन्ध लगाईन्छ
बिचरा अरू त के गर्न सक्छन् र साँचो पारी छ ।
अरे ! म एउटा बटुवा हुँ बाटैमा बास भो
ए ! प्रिया मनमा तिमी साथमा चौतारी छ ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ६
तिमीलाई प्रेम प्रस्तावमा एउटै गुलाब दिएको हो
बासना फैलियो हल्लानिकै भयो र त फिर्ता लिएको हो ।
तिम्रो हर बिहान चिया सँगै उदाउछ भन्ने सुन्दा
उसै दिन देखि सराब छाडे अनि चिया पिएको हो ।
तिमि फेरि आउछु भन्ने खबर गाँउमा पठायौ रे
ढोकामै बसे फूल बोकेर तिम्रै स्वागतमा राखिएको हो ।
शहर बाट बाटो आयो मोटर आयो तिमि नै नआए पछी
मनहरु बाटोभरी विच्छ्याएको छु आँखा मात्रै थाकिएको हो ।
भित्ताको तस्बिरले कुनै जवाफ नदिएपछि
माफ गर यहीं हातले छातीको तस्बिर चातिएको हो
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ७
मसँग प्रेम गर्नेलाई विश्वास दिलाउन सक्छु
सपना देख्ख म आँखा खोलेरै निदाउन सक्छु ।
मेरा गजललाई त्यति कमजोर नठान महाशय
म गजल लेखेरै यो सरकार गिराउन सक्छु ।
एक्लै निस्किएको छु मसाल बोकेर गाउँवाट
ए, काठमाण्डौं म जतिवेला पनि आउन सक्छु ।
कति कमाईस् ? आमाको प्रश्नले सताउने गर्छ
आमा ! तिम्रो प्रश्नको उत्तरमा यो भीड देखाउन सक्छु ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ८
फूल लाई के थाहा कति बेला झर्छ भनेर
हेर्नु त मान्छेको घमण्ड सोच्दैन मर्छ भनेर ।
बिचरा ऐनाले जस्तो देख्यो उस्तै देखाई दियो
अहिले उ भन्दैछ ऐनै परिवर्तन गर्छु भनेर ।
मैले दुस्मनको पनि सधै भलो सोचिरहे
हात बढाए उस्ले लुकायो पछि पर्छ भनेर ।
सपना देखिरहेको थियो ढुंगाले पनि
एकदिन बगरबाट मन्दिरमा सर्छ भनेर
अहिले के सोच्दिहुन् बृद्धाआश्रम बसेकि आमाले
हिजो छोरै चाहियो भन्थिन् मरेपछी तर्छ भनेर ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ९
जस्ले मेरो घर सम्म दुःख बिसाउन आयो
उसैले जिवन जिउने तरीका सिकाउन आयो ।
मेरो घर जलाउने पनि आखिर छिमेकि नै हो
आगो निभाउन पानी बोकेर जिस्क्याउन आयो ।
अनुहार सधै उजाड देखिन्छ शृङ्गार विहिन
ऐना कठै मेरो बिदुवाआमालाई चिहाउन आयो ।
सरकारले डिग्रि राखेर राहादानि दिदैछ रे !
छिट्टै खाडि पठाईदिने विश्वास दिलाउन आयो ।
सायद यही हावा पनि दुस्मन भएको छ मेरो
त्यसैले तिमि बदलिएको खबर सुनाउन आयो ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल १०
जसले अचेल मुटुको व्यापार गर्न खोज्छ
उसले मुस्कान दिदै नजिक पर्न खोज्छ
यहाँ दबाई खादा त पानिले निल्नुपर्छ
म पत्याउदिन मेरो लागि उ मर्न खोज्छ
हेर कसैको मृत्यूमा पनि खुशि मिल्छ महोदय,
घाटमा मजदुरी गर्दै लास पोलेर पेट भर्न खोज्छ
बाहिर वालकको पेटमा एक दानाअन्न परेकै छैन
हे भगवान् मान्छे मन्दिरमा अक्षता छर्न खोज्छ ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ११
देखिरहेको छु जिन्दगीलाई नजिक बाट
जे हुनुपर्छ भएरै छाड्छ नसिब बाट
नदीले आफु नदीहुनुमा घमण्ड गरिरहन्छ
सागरमा मिलेपछी, पछी हट्छ अडिग बाट
जुनतारा हेरेर मैले कैयौ रात कटाएको छु
त्यसैले आकाश हेर्छ र प्रेम हेर्छ समीप बाट
"अनायास" एकोहोरो प्रेममा पागल बनेको थियो
प्रेमलाई अस्लिन भनेदेखि ब्युझियो अतित बाट
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल १२
जब तिम्रो यादको नदि बगिरहन्छ
म बस्ने गल्लीअचेल सजिरहन्छ
हर गल्लीमा तिम्रो रुपको चर्चा हुदा
लाजले बादल पानी बन्दै झरिरहन्छ
तिम्रो सपनाले मेरो पल सजाउदा खेरी
हरपल मौसम संगितमय बनिरहन्छ
मैले पूज्ने भगवानमा सधै तिमीलाई देख्दा
त्यहि विश्वासले मेरो मुटु चलिरहन्छ ।
तिमि आँउ या नआउ तिम्रो कुरा हो
यो मनको संघारमा बत्ति बलिरहन्छ /
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल १३
ढुंगा मूर्ति बनेपछी आफ्नो औकात बिर्सियो
आज मन्दिर पसेपछि हिजोको घाट बिर्सियो
हेर्नुहोस त यहाँ खुट्टा पनि मात्तन लागेका
मुखमा के सराब परेथ्यो, साथि रात बिर्सियो ।
नजिकै तिमि बसेपछी मलाई मदिराले छुदै छोएन
हेराई नै यस्तो नशालु भएपछी मात बिर्सियो ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल १४
पहिरोले दलिन लग्यो छानो त्रिपाल भेटियो
सन्तानको नामको एउटा रुमाल भेटियो ।
सपना ढल्यो मुटु चूडियो मन मरेपछी
हरेकपल आँखाभरी आहाल भेटियो ।
समाचारमा राहात बाँड्यो गाँउमाआएन
महोदय, यहाँ सरकारको चाल भेटियो ।
जिन्दगी अभावमै वित्यो यहाँ सम्म आउदा
खुशि छुट्यो जवानीमै बुढेसकाल भेटियो ।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल १५
यसरी साथ कसरी निभाउन सकिन्छ सरकार जस्तो
तिमी पनि तरवार जस्तो म पनि तरवार जस्तो
आफै प्रश्न आफै उत्तर मन अदालत वनेको छ
सम्बन्ध बिग्रेपछी घर भत्कियो दरबार जस्तो ।
राजा पनि रैती भए हेर सत्ता खोसिए पछी
अचेल प्रहार उनैलाई हुन्छ लगातार जस्तो
समय एकाएक फेरीयो हेर धनिको महल फेरियो
गरिबको झुपडी पनि बनेको छ कारागार जस्तो
त्यही आँसु कतिको विछोड अनि मृत्यूमा पोखिन्छ
त्यही आँसु कतिलाई भएको छ व्यापार जस्तो।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल १६
जव मेरो दिल सम्म तिम्रो सवार भयो
यहि पल मायाको पहिलो आधार भयो
यी दुई नजर हरु बेस्सरी ठोक्किन पुग्दा
तिम्रो मुस्कान नै मेरो लागि उपहार भयो
सम्झनामा एउटा रुमाल किनेको छु प्यारी
हाम्रो प्रेम हुदा पनि कसैको ब्यापार भयो
सुनेँ तिमीलाई चाहने धेरै छन् दुनियाँमा ,
आज मेरो मायामा हार लगातार भयो ।
बर्षौ पछि यति शुन्दर लागेको छ आज
भन न आज के को शृङ्गारपटार भयो
~ रामकृष्ण अनायास ~
Ramkrishna Anayas