प्रवासी सुमन

एउटा यस्तो कुरा अक्सर भई रहन्छ
बांध्न खोज्यो मन तितरबितर भई रहन्छ

त्यसै होइन रहेछ प्रेम अन्धो हुन्छ भनिएको
जलेरै पनि पुतलीलाई बत्ती चुम्ने रहर भई रहन्छ

खल्तीको पैसा होइन हांसो खर्चिए सक्किने
मनैदेखि मुस्कुराउ खुसी दोब्बर भई रहन्छ

कोख एउटै भए पनि स्वभाव हुंदा भिन्न भिन्न
कोही सन्तान् ज्ञानी कोही लोफर भई रहन्छ

व्यवस्था बदल्नेहरुको पनि सोच बद्लिएन भने
मुलुकमा कोही मालिक कोही नोक्कर भई रहन्छ

~ प्रवासी सुमन ~ 

Prawasi Suman


प्रवासी सुमन

घोराही, दांग

हालः टेक्सस्, अमेरिका