मेरो मनको धरहरा गर्ल्याम गुर्लुम ढाल्यौ किन
मुटु नै अँध्यारो पारी दियो दियो चाहिँ बाल्यौ किन
बत्ति न हो बल्दै जाँदा त्यस्तै पनि निभी हाल्थ्यो
जान्दा जान्दै थपि थपि दियोमा घिउ हाल्यौ किन
गजलका धुन मेरा सुन्थ्यौ गुन्थ्यौ गुनगुनाउँथ्यौ
आज तेस्कै खिशी गर्दै भजन गाउन थाल्यौ किन
~ धिरेन्द्र प्रेमर्षी ~
Dhirendra Premarshi
धिरेन्द्र प्रेमर्षी
सिराहा
हाल: काठमाडौँ
विधा: गजल, गीत, कविता, अनुवाद
धिरेन्द्र प्रेमर्षी नेपाली र मैथिली साहित्य दुवैमा कलम चलाउनु हुन्छ।