सिंगो रहस्य खोज्दै गन्तब्यमा रमा'छ
डुंगा डुब्यो नदीमा माझि किनारामा छ
दुश्मन अगाडी दुश्मन आँधी बनेर आयो
राँको निभेर के भो झिल्को अंगारमा छ
भ्रममा चढेर कोही हिड्दैछ कस्तुरी झैं
बैरीहरुको सुची आफ्नै मुहारमा छ
स्वागी रहेछ दुनियाँ नाटक रहेछ यावत
नांगै थियो बिरामी मुर्दा सिंगारमा छ
~ निर्दोष शिव ~
Nirdosh Shiva