अपर्णा आपागाई

मेरो बारे के थाहा पायौ कथा पढेर 

म आफैं सकेएकी थिएँ आधा पढेर 


हामी न्याय माग्नलाई बोल्न सक्दैनौं 

फैसला गर्दैन अदालत आँखा पढेर 


ति रगतका टाटाहरु होसियार हुन्छन 

छोरी त्यही बाटो आउँछे पाठशाला पढेर 


~ अपर्णा आपागाई ~
Aparna Apagain