सम्पुर्ण गजलकार एबं गजल प्रेमी साथीहरुमा म मिलन लम्साल नाविकको नमस्कार । म आफुलाई गजलकार कम अनि गजल प्रेमी अथवा साहित्य अनुरागी ज्यादा मान्दछु। पाठक र श्रोताको रुपमा नेपाली गजल सँग जोडिएको बीसौं बर्ष भए पनि नेपाली गजल र गजलकार सँग जोडिन सक्ने भरपर्दो गजल श्रोतको अभाब मलाई सँधै रहन्थ्यो । त्यै अभाब पूर्ति गर्ने उदेश्यले प्रथमत: आफ्नै लागी एक एक गर्दै शिला जोडेर यो वेब पेजको सुरुवात गरेको हो ।
सन् २०२३ मा NepaliGhazal.ORG डोमेन बाट सुरुवात गरेको यस साईटमा सन् २०२४ बाट NepaliGhazal.COM पनि जोडियो, भने २०२५ बाट मुख्य रुपमा .COM डोमेनमा यो पेज उपलब्ध छ।
अबको एक बर्ष, पाँच बर्ष, दश बर्ष, वा बीस बर्ष पछी नेपाली भाषामा लेखिएका गजल र गजलकार बारे खोज्दा सबै एकै ठाउँमा भेटिने गरिको गजल कोषको निर्माण गर्ने यसको अन्तिम लक्ष्य हो।
सुरुमा आफैले सुरुवात गरेको यस साईटमा बिस्तारै अरु साथीहरु पनि जोडिंदै जानु भएको छ। तपाईं पनि यसमा जोडिएर नेपाली गजललाई सहयोग गर्न सक्नु हुने छ। यस साईटसँग जोडिनको लागी इमेल ठेगाना (NepaliGhazal@outlook.com) वा उल्लिखित सम्पर्क ब्यक्ति मध्ये कसैलाई म्यासेज गर्न सक्नु हुन्छ।