सम्झनाको डेरा सरेजस्तो लाग्यो कान्छी
बसन्तका पालुवा झरेजस्तो लाग्यो कान्छी
दुवै मीली भाँडाकुटी सिमलिले बारेको त्यो
टुसाएको ममता मरेजस्तो लाग्यो कान्छी
सत्यकसम धरो-धर्म , झुट बोलेर भगवान
बनावटी भाकल गरेजस्तो लाग्यो कान्छी
साउने झरी जस्तो आँशुको दुई किनारा भो
नफर्किने भै खोली तरेजस्तो लाग्यो कान्छी
स्पन्दन चुमेर मरेछ चर्चा चल्यो गाउभरी
अधरमा जहर भरेजस्तो लाग्यो कान्छी
~ सन्तोश काफ्ले 'स्पन्दन' ~
Santosh Kafle Spandan
सन्तोश काफ्ले 'स्पन्दन'
स्पन्दन (२०६४)