सन्तोष ढुंगाना

सपना बुन्दा बुन्दै  हो अक्सर सकिएको 

म यस्तै मान्छे हुँ घर सकिएको 


उडेरै विलिन हुने त भुइँको धुलो रहेछ 

कहिँ देख्नु भएको छ पथ्थर सकिएको ?


हुन त छिमेकीले साथ दिन्छु भनेको छ 

देख्छु फेरी नदी कै कारण बगर सकिएको 


~ सन्तोष ढुंगाना ~

Santosh Dhungana


रुपन्देही