पुष्प अधिकारी 'अञ्जलि'

यो जिन्दगी हत्केलामा अनि निधारमा राखिदिनु
यति भन्छु मेरो एकजोर आँखा बजारमा राखिदिनु

वर्षौंदेखि सरकार सम्पति विवरण मागिरहेछ यार
सक्छौ भने त्यहाँ मेरो नाम गजलकारमा राखिदिनु

मेरो कुरा तपाईं सबैलाई झुटो जस्तै लाग्छ भने
ए ! मित्रहरू आएर मेरो गर्धन तरवारमा राखिदिनु

एउटा यस्तो सूची बनोस् यहाँ सरकारी तथ्यांकमा
सरकार सूचीमा युवालाई बेरोजगारमा राखिदिनु

कर्णालीमा भोक भोकै यदि एउटा गरिब मर्यो भने
मेरो देशमा अनिकाल छ यो अखबारमा राखिदिनु ।


~ पुष्प अधिकारी 'अञ्जलि' ~
Pushpa Adhikari 'Anjali'

पुष्प अधिकारी
गजल गृह, भरतपुर, चितवन
अध्यक्ष, हाम्रो मझेरी साहित्य प्रतिष्ठान
प्रकाशित कृति: मन भित्रको मन (२०६२)