भमराले नबुझ्दा फूल ओइलिएर झर्ने भयो
आफ्नै 'बिना' सुगन्धित छ पत्तो हुन्न कस्तुरीलाई
सुगन्धकै खोजी गर्दा गर्दै एक दिन मर्ने भयो
भकुण्डोझैं खेल्छन् मलाई आफ्ना भन्नेहरु
बाध्य छु म तिनैलाई आफ्ना भन्न पर्ने भयो
मुटुभित्रै सजाएर राख्ने चाह थियो तर
हेर्दा हेर्दै आफ्नै मुटु पराइले हर्ने भयो
फूलहरु कुरी बस्छन् बाटो हेरी 'बसन्त'को
तर आज दिलको बाग शिशिरले चर्ने भयो ।
~ बसन्त पराजुली ~
Basanta Parajuli
नाम : बसन्त पराजुली स्थायी ठेगाना : भरतपुर महानगरपालिका वडा नं १, आँपटारी, चितवन पेसा : पत्रकारिता आबद्धता : गोरखापत्र राष्ट्रिय दैनिक कृति : १) कुमाता कथासङ्ग्रह (२०७७) २) मोम्चो कथासङ्ग्रह (२०७९) ३) ड्रिमी आइज अङ्ग्रेजी कथासङ्ग्रह (२०८१) |