प्रकट पंगेनी शिव

जस्तो साइनो लाउने मन छ तेस्तै लगाउ तिम्रो खुशी 

पिउने आखिर म छँदै छु जे जे मगाउ तिम्रो खुशी 


आउँदा आउँदै अबेर भयो साँझ पर्यो म के गरौँ 

अँध्यारो मै राख या त सन्ध्या जगाउ तिम्रो खुशी 


टाढा थिएँ हिजो अस्ति आज छेउमै बसेको छु 

स्वागर्तार्थ बिगुल बजाऊ ध्वजा टँगाउ तिम्रो खुशी 


सराप नदेउ बृन्दाले झैँ पत्थर बन्ने रहर छैन 

आजको रात ओछ्यानमा सुताउ भगाउ तिम्रो खुशी 


~ प्रकट पंगेनी शिव ~

Prakat Pangeni Shiva

पोखरा