कस्तो हुन्छ तिम्रो त्यो हुनेवाला खानदान हेरौँला।
मलाई थाहा छ, म जत्तिको तिमि पाउँदै पाउँदैनौ,
कहिले सम्म गर्छौ यसरी मलाई हैरान हेरौँला।
पहिले यता आयौ र अहिले उता गयौ, धोका दियौ
कस्ता हुन्छन तिम्रा मेरा ति भावी सन्तान हेरौँला।
बितेका कुरा कसैलाई नभन्नु भन्दै टाढा भयौ
छनकि छैनन् यो कोठामा भित्ताका कान हेरौँला।
~ सुरेन्द्र खौलराठी ~
Surendra Khaulrathi
सुरेन्द्र खौलराठी
महाकाली नगरपालिका -४, दार्चुला
पेसा: शिक्षण (भौतिक विज्ञान शिक्षक)
मोबाइल: ९८४९६९७८८९
महाकाली नगरपालिका -४, दार्चुला
पेसा: शिक्षण (भौतिक विज्ञान शिक्षक)
मोबाइल: ९८४९६९७८८९
थप गजलहरु
तिम्रै झल्को दिन्छन पहाडका यी तरेलीहरु
तिम्रै बोली सुनाउँछन् संखुवाका सुसेलीहरु
गोधुली साँझमा पनि टोलाउँछु क्षितिज हेर्दै,
बिरानो लाग्छ्न अचेल आफ्नै यी संहेलीहरु
बस्न मन छ एक्लै तिम्रो काखको चौतारीमा
छोडी आउनु तिमिले तेतै सपनीका रखेलीहरु
मन येसै रुमल्लिन्छ कल्पनाको जङ्गल भित्र
छाँयाझैं पछ्याउँछ्न सम्झनाका नागबेलीहरु
~ सुरेन्द्र खौलराठी ~
Surendra Khaulrathi