त्यो दोस्रो सगरमाथा हुनेछ बताइदिन चाहन्छु
बालक, बृद्ध, असहाय जो जो भेटिन्छ सडक छेउ
बाटो कटाउन उसको हात समाइदिन चाहन्छु
भरिया बिसाउँदै फेरि बोक्दै देउराली पुग्छ
कुनै मोडमा उसको भारी उठाइदिन चाहन्छु
तिमीले रोजेको बाटो गलत ठान्दैछ दुनियाँ
कसरी भनूँ तिम्रो याद मेटाइदिन चाहन्छु
छुट्ने बेला मनमा थुप्रै शब्दहरु त्यसै थिए
तिनै शब्द पोको पारी जलाइदिन चाहन्छु ।
~ लेखराम सापकोटा ~
Lekharam Sapkota

नाम : लेखराम सापकोटा
स्थायी ठेगाना : गैँडाकोट -७, गैरी, नवलपरासी
सम्पर्क : सम्पूर्ण किताब, नारायणगढ
मोबाइल : 9855065138
इमेल : lrsapkota@gmail.com
विधा : गजल
स्थायी ठेगाना : गैँडाकोट -७, गैरी, नवलपरासी
सम्पर्क : सम्पूर्ण किताब, नारायणगढ
मोबाइल : 9855065138
इमेल : lrsapkota@gmail.com
विधा : गजल
कृति
*श्रध्दाका फूलहरू (गजलसङ्ग्रह, २०६१)
*तिम्रा खुसीहरूमा (हवाइ मुक्तक तथा हाइकूसङ्ग्रह, २०६०)
*गजल बिम्ब (संयुक्त गजलसङ्ग्रह)
पुरस्कार
*तिम्रा खुसीहरूमा (हवाइ मुक्तक तथा हाइकूसङ्ग्रह, २०६०)
*गजल बिम्ब (संयुक्त गजलसङ्ग्रह)
पुरस्कार
*कविडाँडा युवा प्रतिभा सम्मान (२०७९)
संलग्नता
*अनामिका - सम्पादक (साहित्यिक लघुपत्रिका)
*सहयात्री - सम्पादक (साहित्यिक लघुपत्रिका)
*कायाकैरन मिडिया नेटवर्क प्रालि - प्रबन्ध निर्देशक
*गजल मञ्च चितवन (पूर्व अध्यक्ष)
*सिर्जन साहित्य प्रतिष्ठान नवलपरासी (संस्थापक अध्यक्ष)
*कविडाँडा साहित्य समाज चितवन (सचिव)
*नेपाली लेखक सङ्घ चितवन (उपाध्यक्ष)
*अक्षर समूह चितवन (अध्यक्ष)
थप गजलहरु
गजल १
खाली कागज जलेर खरानी बन्छ
केही लेख त्यो कसैको सिरानी बन्छ
जित्नलाई भोटहरू किनबेच हुन्छन्
त्यो इतिहास बन्छ, कहानी बन्छ
समयलाई जित्ने कोसिस व्यर्थ हुनेछ
मस्त निदाउ या जाग भोलि बिहानी बन्छ
दुनियाँ जहिलेसम्म कानुन मान्दैन
ऊ बन्दुक भाँच्छ अनि मनोमानी बन्छ
बाँचुन्जेल सबैलाई हाहाकार छ
जब धर्ती छाड्छ मान्छे ज्ञानी बन्छ ।।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
आँगन नभएको घर कसलाई मन पर्छ
चुहिने छानो पुरानो खर कसलाई मन पर्छ
कुन जाती जगतमा एक्लै बाँचेको छ
चौतारीमा एक्लो बर कसलाई मन पर्छ
हेर दुनियाँ कहाँ पुगिसक्यो आज
हामी सधैँ अरु कै भर कसलाई मन पर्छ
हाम्रो जिन्दगानी कहिले उज्यालो होला
पानीका फोका झैँ रहर कसलाई मन पर्छ
म कसरी स्वीकार गरुँ तिम्रो उपहार
बगाएर आँसुको लहर कसलाई मन पर्छ ।।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
तिम्रो अनुमान कति सहि कति गलत के भनुँ
ढुङ्गा हान्नेले गरेथ्यो कस्को सङ्गत के भनुँ
नाच्न नजान्नेहरू आँगन माथि खोट देखाउँछन्
आफ्नै सङ्गी साथी नचिन्ने कस्तो आदत के भनुँ
बदलिन्छ आनीबानी चालचलन सबैको
सोध्ला दुनियाँले यो कस्तो जगत के भनुँ
कुराकानी मिलाउँछन्, तोडमोड गर्छन् नारदहरू
इमान किनिन्छ यहाँ दिएर नगद के भनुँ
तिमी जजसलाई यहाँ मुर्ख ठान्दैछौ
उसैको हुन्छ भव्य स्वागत के भनुँ ।।
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
गजल ४
ज्यून जाने जिन्दगी यो सरल हुन सक्छ
जिन्दगीका रहर पनि कति हुन्छन् कति
हिजोको त्यो खराब मान्छे असल हुन सक्छ
घोडा चढ्दा नलडेको को होला र यहाँ
पटकपटक लडेको नै सफल हुन सक्छ
छिमेकीले रिस गर्दै जथाभावी बोले
कसरी हाम्रो स्वाभिमान अटल हुनसक्छ
धेरै आशा कहिलेकाही व्यर्थ भै जाला
तिमीलाई दिन उपहार यहि गजल हुन सक्छ
· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·
म सुनसान रात कसरी बिर्सन सक्छु
तिम्रो मायालु हात कसरी बिर्सन सक्छु
जब दुई मुटु बीच हलचल पैदा हुन्छ
अनि आफ्नो जात कसरी बिर्सन सक्छु
मलाई घाम छल्न जहाँ जहाँ बोलाउ
त्यो साउनको बर्सात कसरी बिर्सन सक्छु
छैन हामी बीचको अन्त्य सृष्टिमा
यहि अनुपम शुरुआत कसरी बिर्सन सक्छु ।।
~ लेखराम सापकोटा ~
Lekharam Sapkota
Lekharam Sapkota