आदर्श खत्री

कहिल्यै नबोल्ने छिमेकिले शुभकामना दिएको छ 

मान्नुस आज उसलाई केहि न केहि चाहिएको छ 


हाम्रो भ्रष्ट मानसिकताको यसरि पनि बयान हुन्छ 

पचास काटेकालाई यो देशको युवा नेता मानिएको छ 


तिम्रा त्यागहरुको मुल्यांकन होला भनेर भ्रममा नपर्नु 

यहाँ बलिदान बिर्सिएको छ शालिक ढालीएको छ 


~ आदर्श खत्री ~

Aadarsh Khatri 

दाङ, हाल: अस्ट्रेलिया